सामुदायिक माटेपानीको रक्तदानमा ६६ युनिट रगत

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
samudayik a

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२, माटेपानीको आयोजनामा मंगलबार भएको रक्तदान कार्यक्रममा कुल ६६ युनिट रगत संकलन भएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मोहनकुमार थापाले रक्तदान महादान भएको उल्लेख गर्दै सामुदायिक सेवा केन्द्रले सराहनीय कार्य गरेको औँल्याए । पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले सामुदायिक सेवा केन्द्र माटेपानीले रचनात्मक गतिविधिलाई प्राथमिकता दिँदै आइरहेको स्मरण गर्दै रक्तदान मानवीय सेवाको कार्य भएको धारणा राखे ।

केन्द्रका अध्यक्ष धर्मराज आचार्यले सबैको साथ सहयोगबाट केन्द्रले गतिविधि सञ्चालन गरिरहेको स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वयका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाईं, केन्द्रका निवर्तमान अध्यक्ष मीरादेवी आचार्य, पूर्व अध्यक्ष बलबहादुर कार्की, लायन्स क्लब अफ पोखरा गतिशील स्टारका अध्यक्ष नवराज पौडेल लगायतले पनि भनाइ राखे ।

प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । जसमा लायन्स क्लब अफ पोखरा गतिशील स्टार, युनिटी टोल विकास संस्था, आमा समूह, जनएकता युवा क्लब तथा रेडक्रस उपशाखा पोखरा १४ को सहयोग रह्यो ।

केन्द्रका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिवप्रसाद बरालले स्वागत, सदस्य कोपिला श्रीसले कार्यक्रम संयोजन एवं सचिव बाबुराम सापकोटाले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width