सेती नदीमा हराएका मान्छे खोज्न नहर थुनिने

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
seti river

पोखरा । माछा मार्ने क्रममा सेतीमा हराइरहेका एक व्यक्ति खोज्नका लागि सेती नदीको ड्याम खोलिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनसार माछा मार्ने क्रममा पोखरा १ सिम्पानीका मानबहादुर भन्ने सार्की लामा तामाङ फागुन १३ गतेदेखि हराइरहेका छन् ।

उनीसँगै गएका एक जना मृतावस्थामा भेटिएका छन् । फागुन १७ गते बिहीबार बिहान ८ बजे नहर खोलेर सेतीमा पानीको वहाव बढाइने प्रहरीले जनाएको छ ।

प्रहरीले भनेको छ-  दीपमा रहेको ड्याम खोली सेती नदीमा पानीको बहाव बढाइ खोजतलास गर्नु पर्ने भएकोले उक्त मिति र समयमा सेती नदीमा पानीको बहाफ बढ्न सक्ने हुँदा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदीको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको टोलीले खोजतलास गर्दा मानबहादुर फेला नपरेपछि ड्याम खोलेर खोजतलास गरिदिन आफन्तले प्रहरीमा निवेदन दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width