पोखरामा साफा अन्तर्राष्ट्रिय सम्मेलन हुने

आदर्श समाज सम्वाददाता
फागुन १५, २०८०
safa

पोखरा । दक्षिण एशियाली लेखा व्यवसायी महासंघ (साफा) को बोर्ड बैठक, समिति बैठकसहित आइक्यान अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको व्यवस्थापनमा आगामी शुक्रबार यहाँ साफाको बैठक गर्ने तयारी भइरहेको हो । त्यसैगरी साफामहिला नेतृत्व अवार्ड समारोह, साफा हाजिरीजवाफ लगायतका प्रतियोगिता हुनेमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाका गरी सात समूहले प्रतिस्पर्धा गर्नेछन् ।

शनिबार पोखरा ग्रान्डमा साफाको बोर्ड बैठक समेत हुने नेपाल अडिर्टस एसोसिएसन केन्द्रीय सदस्य रुद्रनाथ पौडेलले बताए । सम्मेलनमा दिगो आर्थिक विकास, दिगो व्यावसायिक अभ्यास, जलवायु परिवर्तन तथा क्षति न्यूनीकरण, दिगो व्यावसायिक प्रतिवेदन तथा यस विषयमा क्षेत्रीय अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत अन्य विशिष्ट महानुभावले सम्बोधन गर्ने कार्यसूची छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width