नेवा पत्रकार पुचः कास्कीको आयोजना तथा पोखरा महानगरपालिका ९ को सहयोगमा समाचार लेखन सम्बन्धी आधारभूत तालिम भएको छ । मंगलबार भएको तालिममा ४० जना नेवा तथा गैर नेवा समुदायका पत्रकार सहभागी थिए ।
तालिमको उद्घाटन सत्रमा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सञ्चारकर्मीहरुलाई वडामा भएका विभिन्न सामाजिक संघसंस्थाहरुको राम्रो काममा वडाले सदैव साथ दिएको बताए । उनले वडाले गरेका राम्रा कामलाई प्रोत्साहन गर्न र नराम्रा कामहरुको बारेमा खबरदारी गर्न समेत आग्रह गरे ।
तालिममा दीपेन्द्र श्रेष्ठ, सन्देश श्रेष्ठ तथा सञ्जय मल्लले विभिन्न ३ सत्रमा विभाजन गरेर प्रशिक्षण गराएका थिए । कार्यक्रममा नेवा खलः कास्की अध्यक्ष अशोक पालिखेले कास्कीमा नेवा संस्कृति जगेर्ना गर्ने उद्देश्यले विभिन्न नेवा खलः, नेवा कचाः खलः नेवा मिसा पुचः तथा नेवा पत्रकार पुचः स्थापना गरिएको बताए । उनले नेवा भाषा संस्कृति संरक्षण गर्नका लागि विभिन्न पुचःहरुको सहयोगमा विभिन्न तालिम समेत सञ्चालन गरिरहेको जानकारी दिए ।
तालिमको समापन गर्दै अध्यक्ष अनिशा श्रेष्ठले नेवा पत्रकार पुचः ले समाचार लेखन तालिम पहिलोपटक आयोजना गरेको बताउँदै यसबाट ज्ञानको साथमा अनुभव पनि बटुलेको चर्चा गरिन् ।
कार्यक्रममा पोखरा ९ का वडा सचिव कुलराज पौडेल, वडासदस्य लक्ष्मी पहारी, नन्दराम तिवारी, नेवा ल्याम्ह पुचः कास्कीका अध्यक्ष विनीत जोजिजु, नेवा मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ, फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङ, मिस नेवा ११३८ का विजेता प्रीति बुद्धाचार्य लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
बेनी–जोमसोम सडक अवरुद्ध
निशुल्क कपाल काट्ने तालिम
कंक्रिट संरचनाले घट्दैछ धानखेत
‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’
मापदण्ड मिचेका संरचना हटाउन सुरु
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१