पोविवि शिक्षण अस्पताल अनुगमन

आदर्श समाज सम्वाददाता
फागुन १४, २०८०
Hospital inspection

पोखरा । स्वास्थ्य निर्देशनायलय गण्डकीका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलेको नेतृत्वमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको टोलीले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको स्थलगत अनुगमन गरेको छ ।

टोलीले अस्पताल व्यवस्थापन, भवन तथा पूर्वाधारसम्बन्धी मापदण्डलगायत बहिरंग, अन्तरंग, आकस्मिक र शल्यचिकित्सा एवं सघन उपचार कक्षसम्बन्धी मापदण्डबारे अध्ययन तथा निरीक्षण गरेको थियो । साथै जनशक्ति तथा विशेषज्ञसम्बन्धी व्यवस्था, फोहोर व्यवस्थापन, प्रयोगशाला, फार्मेसीसम्बन्धी व्यवस्थापनलगायत औजार तथा उपकरणबारे टोलीले अनुगमन गरेको थियो ।

अनुगमन टोलीलाई पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा. अमर नागिला र शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दीपेन्द्रकुमार यादवले अस्पतालबाट प्रवाहित सेवा, सुविधा र वर्तमान अवस्थाबारे जानकारी गराए ।

अस्पतालले ०७९ भदौ २२ बाट बहिरंग सेवा सञ्चालन गर्दै आएको छ । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘स्वास्थ्य सेवा सञ्चालन मापदण्ड–२०७७’ बमोजिम आधारभूत मापदण्ड पूरा गरी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

अनुगमन टोलीमा स्वास्थ्य निर्देशनालय गण्डकीकी अञ्जु पौडेल, डा. रोशन ढकाल, दिवाकर शर्मा तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका आयुर्वेद चिकित्सक डा. मधुरजी ढकाल रहेको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width