सराङकोटमा कफी खेती तालिम

आदर्श समाज सम्वाददाता
फागुन १४, २०८०
Coffee trtaining

पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ मा भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटिडले आफ्ना सेयर सदस्यका लागि कफी खेतीबारे तालिम सञ्चालन गरेको छ । तालिम समापन कार्यक्रममा सोमबार पोखरा १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तालिमबाट कृषक दाजुभाइ दिदिबहिनीले आफैं कफी बनाउन सक्षम भएको विश्वास व्यक्त गर्दै कृषिबाट आर्थिक रुपान्तरणका लागि वडा लागिपरेको बताए । उनले अन्य आर्यआर्जनसँग सम्बन्धित तालिमहरू पनि सञ्चालन गर्ने उल्लेख गरे । पर्यटकीय वडा भएकाले थोरै लगानीमा धेरै उत्पादन लिन सकिने खेती कफी भएकाले सराङकोटको कफीको ब्राण्ड बनाउनुपर्ने बताए ।

भावना सहकारीका अध्यक्ष बलराम कोइरालाले तालिममा सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्दै अरुलाई पनि सिकाउन आग्रह गरेका थिए । उनले सबैभन्दा धेरै कृषि क्रममा लागि पर्ने भावना सहकारी भएको दाबी गरे । सराङकोटमा बाँदर लाग्ने हुँदा कफी बाँदरले नखाने हुँदा उपयुक्त हुने उनको दाबी थियो ।

तालिम संयोजक तथा सहकारीका कृषि उपसमिति संयोजक तिलक खड्काले तालिमबाट किसान स्वयं सक्षम हुनुका साथै किसान आर्थिक उपार्जनमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रशिक्षार्थीको तर्फबाट अर्जुन थापाले तालिम उपयोगी भएको बताउँदै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वडा सदस्य कल्पना कार्की ढकाल, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय कास्कीका निर्देशक प्रवित्रा अधिकारी, दीपक थापालगायतले मन्तव्य राखेको कार्यक्रम सञ्चालन सहकारीका सचिव मीनबहादुर थापाले गरेका थिए ।

तालिममा ४० जना सेयर सदस्यको सक्रिय सहभागिता थियो भने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कास्कीका प्राविधिक नगेन्द्र सुवेदीले प्रशिक्षण दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width