सेतीमा माछा मार्न गएका तामाङ मृत भेटिए

आदर्श समाज सम्वाददाता
फागुन १४, २०८०
death1

पोखरा । कास्कीको पोखरा महानगरपालिका– १७ महतगौंडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एकजनाको शव भेटिएको छ । हराएका अर्का एकजनाको खोजी सुरक्षाकर्मीले गरिरहेको छ ।

माछा मार्न गएका ५ जनामध्ये सोही महानगरपालिका १ कसेरी बस्ने ४० बर्षका मंगा तामाङ मृत अवस्थामा ढुंगामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की बाट गएको गोताखोर र विपद् उद्दार टिम सहितको फौजले गए राति पौने १ बजे शव निकालेको हो ।

सोही ठाउँ बस्ने ४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्दार टिमले खोजी कार्य जारी राखेको छ । शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width