अल्फा बोडिङ स्कुलको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १४, २०८०
Alpha school.docx1

पोखरा । अल्फा बोर्डिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । कार्यक्रम उद्घाटन गर्दै शिक्षा विकास समवन्य इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले व्यावहारिक र संस्कारयुक्त शिक्षाले नै समाजलाई असल मार्गमा डो¥याउने बताए । विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले वार्षिक प्रतिवेदन पेस गर्दै विद्यालयले विद्यार्थीका लागि व्यावहारिक शिक्षालाई पहिलो प्राथामिकतामा राखेको दाबी गरे । कार्यक्रममा विद्यालयले दीर्घ सेवा पदकबाट विद्यालयमा दुई दशकदेखि कार्यरत शिक्षक सरीता गुरुङलाई नगदसहित सम्मान र एसइई टपर प्रवेश बुढामगर, उत्कृष्ट विद्यार्थी सुनिला थापा, भूपू विद्यार्थी डा. किरण आचार्य, एमबिबिएसमा नाम निकाल्न सफल विनय आचार्यलाई सम्मान गरेको छ । खेलकुद तथा शैक्षिकतर्फ २ सय ६० जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, नवआर्दश सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारी, पूर्व अध्यक्ष नविन भण्डारी, व्यवस्थापन समितिका सदस्य चित्र राना, प्राचार्य भण्डारी, विद्यालयका कार्यकारी निर्देशक दीपक गुरुङ, संस्थापक सदस्य सफल बम्जन, लगायत उपस्थित थिए । विद्यालयमा कक्षा बाल विकासबाट १० सम्म करिब ६ सय विद्याथी अध्ययनरत र पूर्ण तथा आंशिक गरी ५० शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width