हिमालय माविको ५२ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
Himalya mabif

पोखरा । पोखरा २० स्थित हिमालय मावि मौजाको ५२ औं वार्षिकोत्सव अभिभावक दिवस पुरस्कार वितरण, शिलालेख अनावरण तथा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

पोखरा २० का अध्यक्ष गंगाबहादुर केसीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयको शैक्षिक स्तर उकास्न विद्यार्थी, शिक्षक तथा अभिभावकको महŒवपूर्ण भूमिका रहने बताए ।

उनले दिन प्रतिदिन गाउँका विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोप्रति चिन्ता गर्दै तेसो हुन नदिन वडा कार्यालयबाट गर्नुपर्ने सबैखालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्ण महोत्सवका अवसरमा आर्थिक सहयोग प्रदान गर्ने व्यक्ति तथा संघ संस्थाको नाम उल्लेखित शिलालेख र स्वर्णमहोत्सव स्मारिका विमोचन गरियो । सो अवसमार चन्दादाताहरु र नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव तथा फेवापोस्ट साप्ताहिकका सहायक सम्पादक श्रीराम सिग्देललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हिमालय मावि स्वर्ण महोत्सव मूल आयोजक समिति संयोजक सु. हुमबहादर गुरुङ, स्मारिका प्रकाशन उपसमिति संयोजक राम गुरुङ, स्मारिका प्रकाशन उपसमिति सदस्य तथा प्राध्यापक कमल गुरुङ, स्वर्ण महोत्सव अर्थ उपसमिति संयोजक क्या. हिम्मत गुरुङ, सीता आविका प्रधानाध्यापक इन्द्रप्रसाद बाँस्तोला, विद्यालयका पूर्व प्रअ शेषकान्त आचार्यलगायतले बोलेका थिए ।

विद्यालयका प्रधानाध्यापक मणिराज परियारले विद्यालयको वार्षिक प्रतिवेदन पेस गरे । शिक्षिका राधा आचार्य सिग्देल तथा विद्यार्थी हेमानी नेपालीले स्वागत मन्तव्य राखे । सहायक प्रअ डोलराज रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width