सबलाइम माविको २८ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
sublime-samman

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोकस्थित सबलाइम अंग्रेजी माविको २८ औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाइएको छ । सो अवसरमा विद्यालयका पूर्व विद्यार्थीलाई सम्मान, वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । साथै प्रत्येक कक्षाका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सम्मानित हुनेमा पूर्व विद्यार्थी पत्रकार हरि पन्त, चाटर्ड एकाउन्टेन्ट विक्रम पराजुली, चिकित्सक डा. प्रतीक्षा पौडेल, इन्जिनियर राजन पौडेल, पाइलट राजन कार्की, गायक सुमन खड्का, सर्प विशेषज्ञ रोहित गिरी छन् ।

कार्यक्रम शुभारम्भ गर्दै शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख लोकनाथ आर्चायले हरेक विद्यार्थी केही केही विद्यामा निपूर्ण हुने बताए । अभिभावकले आफ्ना बाबुनानी पढाइमा कमजोर भए भन्दैमा चिन्ता गर्न नहुने भन्दै उनले बाबुनानीको रुची के मा छ त्यतातर्फ ध्यान दिन आवश्यक गरेको बताए ।
प्याब्सन केन्द्रीय उपाध्यक्ष बीरबहादुर बुढाथोकीले सबलाइमले छोटो समयमै लामो फड्को मारेको बताए । उनले सबलाइम मावि पोखराका उत्कृष्ट विद्यालयभित्र पर्ने दावी गरे ।

पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले विद्यालयले गर्ने हरेक कार्यमा सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार गणेशमान सिंह भण्डारी, प्याब्सन केन्द्रीय उपाध्यक्ष वीरबहादुर बुढाथोकी, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, गण्डकी प्रदेश सचिव विश्वराज बास्तोला, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयकी वरिष्ठ अधिकृत ईश्वरी शाह पाण्डे, प्याब्सन कास्की उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, हिसान कास्कीका उपाध्यक्ष दिवाकर जैसी, अभिभावक सुरेश रानाभाटलगायतले बोलेका थिए ।

विद्यालयका प्राचार्य पुष्पराज पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैै विद्यालयको गतिविधिबारे चर्चा गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालय निर्देशक त्रिभुवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाली विभाग प्रमुख कमलापति शर्मा र विद्यार्थीहरुले गरेका थिए ।

२०५२ सालमा स्थापित विद्यालयमा हाल १ हजार १ सय विद्यार्थी अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width