सरसफाइ सामग्री हस्तान्तरण एवं प्रशिक्षण

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
Exif_JPEG_420

Exif_JPEG_420

हेमजा । टोल विकास संस्था समन्वय समिति पोखरा २५ हेमजाको आयोजना तथा वडा नम्बर २५ वडा कार्यालयको आर्थिक सहयोगमा सरसफाइ सामग्री हस्तान्तरण एवं प्रशिक्षण कार्यक्रम आइतबार भएको छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता वडाध्यक्ष मोतिराज तिमिल्सिनाले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै भाषणभन्दा काम गर्नुपर्ने बताए । वडालाई सफा र हरियाली बनाउन सबै मिल्नु पर्ने भन्दै उनले महानगरले ग्रिन सिटीको अवधारणा सुरु भएको उल्लेख गरे । वडा सदस्य कृष्णबहादुर कुँवरले टोल विकास संस्थाले जनप्रतिनिधिसँग सहकार्य गर्नुपर्ने बताउँदै फोहोर कार्ड दर्ता भएपछि कर तिर्नुपर्ने हुनुपर्नेमा पहिलेदेखिको कर तिर्नु परेको उल्लेख गरे ।

नेपाली कांग्रेस पोखरा २५ का सचिव झंकनाथ तिमिल्सिनाले सरसफाइ गर्न कुरा मात्र गर्नु भन्दा आफ्नो टोल आफै सफा गरे वडा आफै सफा हुने बताए । नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेलले कार्यक्रम सफलताको शुभकामना दिँदै वडा सफा बनाउन सबै लाग्नुपर्ने बताए । माओवादी केन्द्र पोखरा २५ का अध्यक्ष महादेव अधिकारीले सरसफाइ एक पटक मात्र गरेर नहुने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका सदस्य कृष्णप्रसाद सुवेदीले पदमा बस्नु ठूलो कुरा नभएको उल्लेख गर्दै काम गर्नुपर्ने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा नम्बर २५ का सदस्य धनकुमारी पोखरेल तिमिल्सिना, पोखरा महानगरपालिका वातावरण सरसफाइ महाशाखा प्रमुख कल्पना बराल, पोखरा महानगरपालिका गुनासो सुनुवाइ प्रमुख लोकदर्षण कोइराला र महिला सञ्जाल पोखरा २५ हेमजाका अध्यक्ष अप्सरा तिमिल्सिना लगायतले बोलेमन थिए । प्रशिक्षक भीमप्रसाद श्रेष्ठ, चोलाकान्त पौडेल र दानबहादुर भुजेलले प्रशिक्षण दिएका थिए ।

समितिका अध्यक्ष दानबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष बलराम पराजुलीले र सञ्चालन सहसचिव कृष्णमान श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width