शिक्षकका लागि अन्वेषण तथा अनुसन्धानमूलक प्रशिक्षण

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
British

स्याङ्जा । वालिङ नगरपालिकाको आयोजना तथा ब्रिटिस काउन्सिलको सहकार्यमा शिक्षकका लागि २ दिने अन्वेषण तथा अनुसन्धानमूलक कार्यक्रम वालिङ्मा सम्पन्न भएको छ । समापन कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले तालिमका सिप र ज्ञानलाई व्यवहारमा उतारी यहाँ अध्ययारत विद्यार्थी सबैको शैक्षिक गुणस्तर बृद्धिमा सहयोग गर्न आग्रह गरे ।

नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न ब्रिटिस काउन्सिलको कार्यक्रमले धेरै मद्दत गरेको भन्दै उनले यहाँकोे शैक्षिक श्रीवृद्धिका लागि वालिङ सधैभरि तयार रहेको बताए ।
दुई दिने कार्यक्रममा ७ जना शिक्षकले ७० जना अंग्रेजी शिक्षकले जनही १०÷१० जना शिक्षक तयार पारी शिक्षणका बेला आइपरेका समस्या समाधान गर्नेगरी सहजीकरण गरिएको हो ।

कक्षा शिक्षण र विद्यार्थीको सिकाइमा देखिएका समस्या वास्तविक समस्या हुन वा होईनन भन्ने विषयमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरुसँग छलफल प्रश्नोत्तर एवं कक्षा शिक्षण अवलोकन गरी गरिने छ ।

यसरी आएका बास्तविक समस्या पहिचान गरी विद्यार्थीका समस्या समाधानका लागि नयाँ खोज र सहज तरिका उपयोग गरी सिकाइमा सुधार ल्याउनेगरी कार्यक्रम गरिएको वालिङ नगरपालिकाका शिक्षा अधिकृत दुर्गाकुमारी न्यौपानेले बताइन् ।

उनका अनुसार, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि एक कोषेढुंगा मानिएको उक्त कार्यक्रमले ७ जना शिक्षक (मेन्टर) ले नगरभित्रका विभिन्न सामुदायिक विद्यालयका ७० जना शिक्षक (मेन्टर) मार्फत् वालिङ नगरमा अध्यापन गराउने सामुदायिक विद्यालयका झण्डैं ५ सय जना शिक्षकलाई प्रशिक्षित गराउने छ ।
विद्यालयमा जानकारी गराउने वातावरण तयारगरी प्रत्येक कक्षाकोठामा अन्वेषण तथा अनुसन्धान कार्यक्रममा सिकेका ज्ञानलाई उपयोग गर्न प्रधानाध्यापक तथा शिक्षकलाई आग्रह गरिन् ।

उक्त प्रस्तुतीकरणको सुपरीवेक्षण तथा मूल्यांकनका लागि आएका ब्रिटिस काउन्सिलका सुपर मेन्टर ईश्वर कँडेलले शिक्षकहरुको निरन्तर पेसागत विकासका लागि सहयोग गर्न र ती कार्यलाई शिक्षण गरिरहुन्जेल निरन्तर रुपमा प्रयोग गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा उपप्रमुख शिक्षा अधिकृत गीता पाठकसहित सहभागी शिक्षकहरुले विगत र हालको अवस्थाका बारेमा जानकारी गराए ।

ब्रिटिस काउन्सिल स्रोत शिक्षक दीपक लम्सालको सहजीकरणमा भएको सो कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालय तथा क्याम्पसमा अंग्रेजी विषय अध्यापन गराउँदै आएका ७० जना शिक्षक सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width