बजेट निर्माणमा महानगरको मनोमानी, योजना थप्न आम्दानीको अस्वाभाविक प्रक्षेपण

प्रकाश ढकाल
फागुन १३, २०८०
Pokhara metro

पोखरा । बजेट नपुग्ने देखेपछि पोखरा महानगरपालिकाले वडा र महाशाखालाई अहिलेसम्म सम्झौता नभएको कार्यक्रम तथा योजना कार्यान्वयन नगर्न निर्देश ग¥यो ।

बिहीबार मेयरस्तरीय निर्णय भन्दै प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले वडालाई पत्र पठाएपछि वडाका जनप्रतिनिधिहरू आक्रोशित भए । केही दिनअघिको नगरसभाले योजना रकमान्तर गरेर कार्यान्वयन गर्ने निर्णय गरेकोमा मेयरको निर्देशनले नगरसभाकै निर्णयलाई अस्वीकार गरेको उनीहरूको गुनासो छ । कांग्रेसका दलका नेता तथा वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानांगले वडा र महाशाखालाई पठाइएको पत्र तत्काल पुनर्विचार गर्न आग्रह गरे ।

पहिलो पत्रमा ६ वटा बुँदा लेखेर बजेट घटाउन निर्देशन दिइएको थियो । योजनाहरूमा छुट्याइएको कन्टिन्जेन्सी रकम खर्च नगर्न, हालसम्म सम्झौता नभएका योजनाहरू कार्यान्वयन नगर्न, थप योजनामा रकमान्तर नगर्न निर्देशन दिइएको हो । यस्तै, कुनै योजनामा बचत भएको रकम अन्य योजनामा रकमान्तर नगर्न, प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन र कार्यक्रम खर्च तथा योजनाहरू २५ प्रतिशत कटौती गरेर मात्रै सम्झौता र कार्यान्वयन गर्न भनिएको हो । निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न थापाले आग्रह गरेका थिए ।

उक्त पत्रविरुद्ध प्रधानांगले ध्यानाकर्षण पत्र पठाउँदै भने, ‘रातो किताबमा समावेश भएका सबै योजना तथा कार्यक्रमहरू कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । महानगर र वडास्तरीय योजनाहरू रकमान्तर गर्नका लागि कार्यपालिका बैठकद्वारा अनुमोदित भई नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो । रकमान्तरपछि बजेट व्यवस्था गरिएको सबै योजना तथा कार्यक्रमलाई असर पर्छ । त्यसैले ६ वटा बुँदामा तत्काल पुनर्विचार गर्न ध्यानाकर्षण गराउँदछु ।’ उनले पत्र पठाएपछि महानगरले अघिल्लो निर्देशन पुनरावलोकन गर्दै नगरसभाले रकमान्तर गरेका योजना चाहिँ कार्यान्वयन हुने प्रतिपत्र पठाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत थापाले नगरसभाबाट पारित भएका योजना तत्कालै कार्यान्वयनमा लैजान भनेका हुन् । ‘चालु आर्थिक वर्षमा खर्च व्यवस्थापन सम्बन्धमा यस कार्यालयको मिति २०८० माघ १० गतेको पत्रबाट तहाँ लेखी पठाइएकोमा १४ औं नगरसभाबाट रकमान्तर भएका योजनाहरूको हकमा यथाशीघ्र सम्झौता गर्न सकिने र उक्त कार्य समयमै सम्पन्न गर्नुहुन अनुरोध छ,’ वडालाई पठाइएको पत्रमा उल्लेख छ । योजना सम्झौता र कार्यान्वयनमा विवाद आउनुमा महानगरपालिकाले निर्माण गरेको बजेटमा नै गम्भीर त्रुटि देखिएको छ । महानगरले प्राप्त हुनै नसक्ने आम्दानीको आकलन गरेर योजनाको संख्या बढाएको पाइएको हो ।

हरेक वर्ष १ अर्बभन्दा कम आम्दानी गरेको पोखराले चालु वर्षमा एकै पटक २ अर्ब २७ करोड आम्दानी गर्ने प्रक्षेपण ग¥यो । योजना थप्नकै लागि अस्वाभाविक अनुमान गरिएको लेखा महाशाखा प्रमुख जयराम पौडेलले बताए । चालु वर्षका लागि पोखराले ७ अर्ब १५ करोडको बजेट प्रक्षेपण गरेको थियो । त्यसमध्ये २ अर्ब २७ करोड आन्तरिक आम्दानी हुने अनुमान छ । तर महानगरले १ अर्ब २५ करोडभन्दा आम्दानी गर्ने कुनै सम्भावना नरहेको उनले सुनाए । माथिल्ला सरकारले पठाउने समानीकरण अनुदान २५ प्रतिशत घट्ने अनुमान छ । हालसम्म ६८ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ । पूरा योजनामध्ये ७५ प्रतिशतभन्दा बढी कार्यान्वयन गर्न बजेट अपुग हुने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width