कार्य सम्पादन मूल्यांकनमा भीरकोट जिल्लाकै सर्वोत्कृष्ट पालिका

आदर्श समाज सम्वाददाता
फागुन १२, २०८०
Bhirkot Mun

स्याङ्जा ।  कार्यसम्पादन मूल्यांकनमा भीरकोट नगरपालिका उत्कृष्ट पालिका बनेको छ । स्याङ्जाका अरु १० पालिकालाई जित्दै भीरकोट दोश्रो पटक उत्कृष्ट पालिका बन्न सफल भएको हो ।

प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा सार्वजनिक प्रतिवेदनमा स्याङ्जाका ११ पालिकामध्ये भीरकोट उत्कृष्ट भएको हो । अघिल्लो वर्ष २०७८ सालमा पनि पनि भीरकोट जिल्लाकै उत्कृष्ट भएको थियो । आयोगले पालिकाको खर्च, बेरुजु, लेखा परीक्षण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग, आवधिक योजना, राजस्वको विभाजन लगायतका विभिन्न १६ वटा सूचकलाई कार्यसम्पादन मूल्यांकनका आधार मानिएका छन् ।

तोकिएको समयसीमा अर्थात् असार १० भित्र बजेट ल्याए–नल्याएको, असार ३० भित्र बजेट पास गरे–नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये तोकिएका प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए–नदिएको भन्ने पनि थप मूल्यांकनका थप आधार हुन ।

यसैगरी, विद्यार्थी भर्ना दर र टिकाउ, गर्भ परीक्षण, सुत्केरी अवस्था, पूर्ण खोप पनि मूल्यांकन अन्तर्गत पर्दछन् । आयोगका अनुसार यहाँका ११ स्थानीय तहमध्ये भीरकोट नगरपालिका पहिलो भएको छ भने हरिनास गाउँपालिका अन्तिम भएको छ ।

कार्य सम्पादन मूल्यांकनमा भीरकोट नगरपालिकाको ४६ दशमलव २५ प्रतिशत अंक छ । दोस्रो स्थानमा, कालीगण्डकी गाउँपालिकाकोे ४३ दशमलव ०२ प्रतिशत, तेस्रोमा, वालिङ् नगरपालिकाको ४१ दशमलव ४९ प्रतिशत, चौथोमा, गल्याङ् नगरपालिकाको ४१ दशमलव ३७ प्रतिशत र पाँचौंमा, फेदीखोला गाउँपालिका ४२ दशमलव ३२ प्रतिशत छ ।

यसैगरी, छैटौंमा अर्जुनचौपारी गाउँपालिकाको ३९ दशमलव ३३ प्रतिशत, सातौंमा, विरुवा गाउँपालिकाको ३७ दशमलब ४० प्रतिशत, आठौंमा, पुतलीबजार नगरपालिका ३५ दशमलब ४७ प्रतिशत, नवौंमा, आँधीखोला गाउँपालिका ३३ दशमलब ९६ प्रतिशत, दशौंमा चापाकोट नगरपालिका २८ दशमलब ३२ प्रतिशत र एघारौं स्थानमा हरिनास गाउँपालिकाको २२ दशमलब ७३ प्रतिशत अंक रहेको छ ।

मूल्यांकनलाई आधार मान्दै आउँदो आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानमा समेत भीरकोटले थप पाउने भएको छ ।

यही मूल्यांकनका आधारमा आयोगले आगामी वर्षका लागि स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदान रकम वितरणका लागि सरकारलाई सिफारिस गर्ने नगरपालिकाले जनाएको छ । आफनो पालिका सर्वोत्कृट बनेसँगै थप जिम्मेवारी महसुस भएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width