विज्ञान, प्रविधि र नवप्रवर्तनका प्रवृत्तिमाथि वृहत छलफल

आदर्श समाज सम्वाददाता
फागुन ११, २०८०
RTSTIT-2024 D1(47)

पोखरा । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसद्वारा आयोजित दुईदिने ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ विषयक सम्मेलन आउँदो वर्ष–२०८१ मा पोखरा विश्वविद्यालयमा गर्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको प्रमुख आतिथ्यमा सम्मेलन समापन गरिएको हो । समापन समारोहमा डा.देवकोटाले आगामी वर्षदेखि विश्वविद्यालयहरूसँग सहकार्य गरी अनुसन्धान कार्यलाई अघि बढाइने र उक्त अनुसन्धानको निष्कर्षहरूका आधारमा गण्डकी प्रदेश सरकार र स्थानीय तहको विकास योजना तयार पारिने बताए ।

दोस्रो दिनको प्राविधिक सेसनका प्रमुख वक्ता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले युवा पिँढीका शोधकर्ताहरूले सहकार्य र समन्वयका आधारमा नीतिगत पक्षमा टेवा पुग्ने अनुसन्धान, अन्तरविषयको प्रवद्र्धन, वैज्ञानिक प्रकाशनहरू, स्रोत परिचालन तथा व्यक्तिगत, पेसागत र व्यावसायिकताको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।

‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू–२०८०’ सम्मेलन सम्पन्न

पहिलो दिनको औपचारिक सत्रको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा दिलीप सुब्बाले गरेका थिए । सम्मेलन सु? भएको दिनमा प्रमुख वक्ता नोबेल पुरस्कार विजेता डा. सर रिचर्ड जोन रोबर्टले मन्तव्य राखेका थिए । सर रिचार्ड जोन रोबर्ट्स संयुक्त राज्य अमेरिकास्थित न्यू इङ्ल्यान्ड बायोल्याब्सका प्रमुख वैज्ञानिक हुन् । उनले सम्मेलनमा नेपाल आउन पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना जीवन भोगाइ, नोबेल पुरस्कारको यात्रा र सफलताका रोचक कथाहरू सुनाएका थिए । ‘मानिसले सफल हुनका लागि मेहनत गर्नुपर्छ र त्यसमा भाग्यले पनि साथ दिनुपर्छ । असफलताबाट सिक्दै अघि बढ्नुपर्छ जीवनको मर्म नै त्यही हो’ भनेका थिए ।

दुई दिने सम्मेलन अवधिमा देश विदेशका विभिन्न अनुसन्धानकर्ताहरूले विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा आफूले प्राप्त गरेका ज्ञान, सीप, अनुभव तथा अनुसन्धानको निष्कर्षबारे सामूहिक ?पमा छलफल गरेका थिए । सम्मेलन अवधिमा विभिन्न ७६ वटा प्रस्तुति र ३२ वटा विषयगत पोस्टरहरू प्रस्तुत गरिएका थिए । वन विज्ञान अध्ययन संस्थानका डीन प्राडा वीरबहादुर खनाल क्षेत्री र सहआयोजक संस्था जिपास्टका निर्देशक डा. ढाकाराम भण्डारीले सम्मेलन सफल र फलदायी रहेकोमा खुसी व्यक्त गरेका थिए । पोखरा विश्वविद्यालयका अनुसन्धान निर्देशक नवराज धामीले आगामी वर्ष २०८१ को माघ महिनामा पोखरा विश्वविद्यालयमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनमा सहभागी हुनका लागि सबैलाई अनुरोध गरे ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width