बिटी कपमा लामागाउँ च्याम्पियन

आदर्श समाज सम्वाददाता
फागुन १०, २०८०
bt cup

पोखरा । लामागाउँ गुम्बा एफसीले बिटी कप खुला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बुद्धटोल युवा (बिटी) क्लब आयोजनामा भएको सातौं वीरेन स्मृति १७ औं बिटी कप खुला फुटबल प्रतियोगिताको फाइनलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो ।

उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे । उपाधिसँगै लामागाउँ गुम्बाले १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, सिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता एट टु नाइन एफसीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, सिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पा¥यो ।

सर्वाेत्कृष्ट खेलाडी लामागाउँ गुम्बाका सन्तोष गुरुङ घोषित भए । उनलाई १० हजार प्रदान गरिएको क्लब अध्यक्ष असिम थापाले बताए । सोही टिमकै अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक बने । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा एलसी ब्रदर्शका अजित गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा एट टु नाइन एफसीका मनिल गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही टिमकै धुव्र घिमिरे ट्रफि र जनही ८ हजारसहित पुरस्कृत भए ।

अनुशासित टिम एन टु क्याफे टुंडिखेल बन्यो । उसले १० हजारसहित ट्रफी पायो ।

विजेतालाई कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहनकुमार थापा, क्लबका सल्लाहकार, क्लबका अध्यक्ष तथा आर्थिक सहयोगीदाताले पुरस्कार वितरण गरेका थिए ।
गत १ फागुनदेखि पोखराको पुरानो टुँडिखेलमा सञ्चालित प्रतियोगितामा ५६ टिमको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width