कार्यपालिका बैठकभन्दा बाहिर मेयरले निर्णय गर्दा पोखरा पछि परेको वडाध्यक्षको आरोप

आदर्श समाज सम्वाददाता
फागुन १०, २०८०
narendra thpa
पोखरा । पोखरा महानगरपालिकाको कार्यसम्पादन प्रगति प्रतिवेदनको नतिजा हेरेर समग्र पोखराबासीजस्तै म पनि लज्जित छु । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य हुनुको नाताले यो दोषको भागिदार म पनि कहि न कहि छु । मैले पोखराको सुशासन र बिकासका लागि कार्यपालिकामा जति विषय उठाउन पर्ने हो त्यति उठाउन सकिन कि भन्ने पनि लाग्छ । तर सत्य तपाईं हामीले सोचेभन्दा फरक छ । कार्यकारी बैठकको निर्णयभन्दा बाहिर गएर पोखरा महानगरपालिका प्रमुखले गरेका निर्णय र कामकारबाहिका कारण आज पोखराले यो नियति भोगिरहेको छ । देशभरिका नागरिकको पहिलो रोजाई पर्ने सुन्दर महानगर नतिजामा अन्तिम हुनु दुखद कुरा हो ।
सामूहिकतामा निर्णय गरेर त्यसको कार्यन्वयन गर्न सकेको भए आज हामीले यति धेरै असफता ब्यहोर्न पर्ने थिएन । कार्यपालिका बैठकमा सुन्दर पोखरा निर्माणका लागि प्रयाप्त छलफल र बहस भएको भए आज यो समस्या पर्ने थिएन । महानगरले बनाएका विषयगत समितिहरुलाई कार्यकारी जिम्मा दिएर काम गर्न सकेको मात्र भए पनि पोखराको विकासले अर्को चरणमा प्रवेश गरिसकेको हुन्थ्यो ।हामीलाई पनि पोखराको जनप्रतिनिधि हौँ भन्दा गर्व हुन्थ्यो तर त्यसो हुन सकेन ।
हामीलाई पोखराका सडकमा परेका ठूला खाल्डोहरुले,सडकबी भएर बग्ने बाढीहरुले जिस्काई रह्यो ।बैठकमा ठुला ठुला कुरा गर्ने तर व्यबहारमा शून्य महानगर प्रमुखको बानीले हामी पनि मतदाता सामु अपमानित हुनुपर्यो ।महानगर प्रमुखले जनजिविका सबालमा भन्दा पनि चर्चाका लागि काम गर्दा पोखराका बिकासले गति लिन सकेन । प्रगति बिबरणले दुर्गती ब्यहोर्दा कार्यपालिका सदस्यहरुले पनि केही गरेनन कि भनेर प्रश्न उठ्नु स्वभाबिक हो ।तर हामीले कार्यपालिका बैठकमा बिषयहरु गम्भीर ढङ्गले उठाएका नै छौँ तर त्यसलाई सुन्ने तर लागू नगर्ने क्रमले निरन्तरता पाईरह्यो ।
अब कार्यपालिका बैठकलाई रहस्यको कोठरीबाट बाहिर निकालेर जनचासो र खबरदारीको केन्द्र बनाउन पर्ने आवश्यकता छ ।अब बैठकमा भएका छलफल र बिषय आम जनताले पनि थाह पाउन जरुरी छ । सबैले आ-आफ्नो कर्मको फल खाने हो । गल्ती गरेकाले गाली र काम गरेकाले ताली खाने परम्पराको थालनीले मात्र सत्यको उजागर हुन्छ त्यसकारण अब हुने कार्यपालिका बैठको प्रत्यक्ष प्रशारण गर्न जरुरी छ । बैठकमा कस्ले के विषय उठाए कसले पोखराको बिकासको लागि बहस गर्यो भनेर हेर्न र सुन्न पाउने अधिकार सम्पूर्ण नागरिकको हो ।
अन्त्यमा, यो दोषारोपण मात्र गर्ने समय पनि होईन,हाम्रा कामकारबाहि र गतिबिधिहरु जनमैत्री नहुनाको कारणले जनतामा गतिलो सन्देश पुगेको छैन ।आज पोखरा महानगर यो अबस्थासम्म आउनका लागि सबैले आफ्नो आफ्नो भागमा पर्ने जिम्मा लिन तयार हुनै पर्छ म पनि मेरो भागमा पर्ने जिम्मेबारि लिन तयार छु ,अब पनि हामीलाई असफल हुन छुट छैन पोखरालाई पहिलो बनाउनका लागि सबैले सहि नियतका साथ छलफल गरौँ ।रहर लाग्दो र भरलाग्दो पोखरा महानगर निर्माणका लागि सबै एकजुट भएर लागौँ ।अबको बर्षमा पोखराले बिकासको फड्को मार्न सफल हुनेछ ।
नरेन्द्र थापा
अध्यक्ष
वडा नं २६ पोखरा महानगर पालिका

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width