प्रहरी श्रीमती संघद्वारा मानव सेवा आश्रममा सहयोग

आदर्श समाज सम्वाददाता
फागुन १०, २०८०
police women

पोखरा । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले बागलुङको मानव सेवा आश्रममा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

‘सेवा नै मुल धर्म हो’ भन्ने पवित्र भावनालाई आत्मसात गर्दै संघले उक्त आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशका पदाधिकारीहरुको उपस्थितिमा संघकी अध्यक्ष कमला खनालले पानसमा दिप प्रज्ज्वलन गरी कार्यक्रम उद्‌घाटन गरेकी थिइन् ।

कार्यक्रमकै अवसरमा संघका पदाधिकारीले बाग्लुङ कालिका भगवती मन्दिरको समेत दर्शन गरेका छन् । साथै संघ प्रति आभार तथा धन्यवाद व्यक्त गर्दै आश्रमका प्रतिनिधिहरुले भावी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width