लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष स्थापना

आदर्श समाज सम्वाददाता
फागुन १०, २०८०
sndari karmacharya

पोखरा । कर्माचार्य समाज, कास्कीका अध्यक्ष, समाजसेवी तथा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यका पत्नी लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा मृगौला पीडित सहयोग कोष स्थापना गरिएको छ । लक्ष्मी सुन्दरी कर्माचार्यको मृगौला सम्बन्धी उपचारको क्रममा गत पुस २४ गते निधन भएको थियो ।

४५ दिनको पुन्य तिथि पारेर उक्त कोष स्थापना गरिएको हो ।

कोषवाट प्राप्त १ लाख रुपैयाँ वार्षिक रुपमा कास्की जिल्लाको नागरिकता भएकी, जो मृगौला रोगवाट पिडित भई सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा निशुल्क डायलसिस गरेकी विपन्न वर्ग महिला एकजनालाई एकमुष्ट रकम सहयोग प्रदान गरिने छ ।

यस वर्ष २०८० को सहयोग रकम आगामी जेठ २०८१ मा ६ महिनाको तिथिमा प्रदान गर्ने दाता चन्द्रकृष्ण कर्माचार्यले जानकारी दिए । उक्त सहयोग कोष सञ्चालन तथा कार्यान्वन गर्न कर्माचार्य समाज, कास्की तथा कमास्चार्य महिला समाज कास्कीलाई संयुक्त रुपमा जिम्मेवारी दिएको जानकारी कर्माचार्य समाज कास्कीका सचिव ईश्वरप्रसाद कर्माचार्यले दिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width