मोबाइल मेलामा नीमाले जितिन् स्कुटर

आदर्श समाज सम्वाददाता
फागुन ९, २०८०
mobile

पोखरा । पोखरा मोबाइल टावरद्वारा सञ्चालित पोखरा मोबाइल मेलाको उपहार कार्यक्रम सार्वजनिक भएको छ । जसमा कास्कीका नीमा गुरुङ (००३२ नम्बर कुपन) ले बम्पर अफरमा स्कूटर जितिन् ।

पोखरा मोबाइल मेलाका सचिव बुदी थापाका अनुसार अन्य पुरस्कारमा प्रथम पुरस्कार विजय सुनार, दोस्रो पुरस्कार प्रतीक्षा रिजाल, तेस्रो पुरस्कार रितु गुरुङ र सात्वना पुरस्कार सूर्यकुमार श्रेष्ठले जिते ।

उपहारमा गत असोज २८ देखि फागुन ७ सम्मको कुपनलाई मान्यता दिएको थियो ।

पुरस्कार विजेता फागुन १५ सम्म उपहार चिठ्ठा काटेको अर्धकट्टी र परिचय खुल्ने कागजपत्र लिई संस्थाको कार्यालय महेन्द्रपुलस्थित मोबाइल टावरमा आउन मोबाइल मेला संयोजक रन्जिता रञ्जितले बताइन् ।

मेलामा करिब ५ हजार चिठ्ठा काटिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग