टीम पोखरा मल्टिपर्पोजको रक्तदान

आदर्श समाज सम्वाददाता
फागुन ९, २०८०
blood donetion news photo

पोखरा । टीम पोखरा मल्टिपर्पोज प्रालि आयोजनामा रक्तदान कार्यक्रम भएको छ । जसमा १ सय ५ युनिट रगत संकलन भयो ।

युवा व्यवसायीद्वारा स्थापित टीम पोखरा मल्टि पर्पोेजको दोश्रो वार्षिकोत्सव अवसरमा भएकाे कार्यक्रमको पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले कार्यक्रम संयोजक कम्पनी सदस्य दिनेशकुमार जिसीलाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

वडाध्यक्ष बरालले युवा विदेश पलायन भइरहेको अवस्थामा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रालिले व्यवसायसँगै सामाजिक कामलाई अनुसरण गरेकोमो धन्यवाद दिए ।

कार्यक्रममा समाजसेवी राजु पौडेल, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्की अध्यक्ष पूर्णशोभा गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र गण्डकी प्रतिनिधि यमुना केसीले प्रत्येक ३ महिनामा खेर जाने रगत दान गरी रगत अभाव पूरा गर्न सहयोग गरेकोमा सम्पूर्ण रक्तदातालाई धन्यवाद दिइन् ।

कम्पनी अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्कल ढकालले स्वागत र सचिव रावत लामाले संचालन गरे । धन्यवाद ज्ञापन कार्यक्रम संयोजक जिसीले गरे ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width