पोखरा । हिमाली क्षेत्रमा भइरहेको प्रदुषणलाई मध्यनजर गर्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले आधार शिविर व्यवस्थापन कार्यविधि २०८० ल्याएको छ । यो व्यवस्था बमोजिम सगरमाथा आरोहण गर्ने आरोहीले आफनो दिसा–पिसाब फिर्ता ल्याउनुपर्ने छ ।
मानवीय गतिविधीका कारण हिमाल क्षेत्रमा पारिरहेको असरको विषयमा सगरमाथाप्रति ध्यान सबैको जान्छ । सबैभन्दा पहिला चढिएको हिमाल हो अन्नपूर्ण । अन्नपूर्ण सरसफाईको विषय भने कमै ध्यान गएको छ सरोकारवालाको ।
गत चैतमा ७२ वर्षपछि अन्नपूर्णको सरसफाइ भएको थियो पहिलोपटक । नेपाली सेनाको सरसफाइ कार्यक्रम अन्तर्गत अन्नपूर्ण क्षेत्र पर्यो । जसमा साथ दिएको थियो पोखरा महानगरपालिकाले । १५ लाख आर्थिक सहयोग समेत प्रदान गरेको थियो महानगरले । पोखरा ट्राजिन्ट पोइन्ट हो पर्यटकीय गन्तव्य अन्नपूर्ण क्षेत्र प्रवेशको लागि । हिमालकै कारण पहिचान बनाएको छ पोखराले ।
‘हामी पोखराका त्यही हिमाल हेरेर यहाँ बाँचेका छौ । अथवा यसले हामीलाई बचाइरहेको छ । विभिन्न सेक्टरमा खास गरि आज हामी पर्यटनको कुरा गर्दै छौ भने पर्यटनको लागि हिमाल र ताल नै महत्वपूर्ण हो,’प्रमुख धनराजले भने ।
यसको संरक्षणको जिम्मेवारी पोखरा महानगरको पनि रहेको बताउँछन् महानगर प्रमुख धनराज आचार्य । सगरमाथा सरसफाइ अभियान नेपाल सरकारले सुरु गरेपछि साथ नेपाल आर्मीले दिएको थियो । अन्य हिमालहरुको सरसफाइ अभियान चल्दा अन्नपूर्ण क्षत्रेमा कति फोहोर होला ध्यान कसैको गएको थिएनन् ।
‘पहिलाचोटी हामीले गएको वर्ष अन्नपूर्ण हिमाल सरसफाइ गरेर ३१ टन फोहोर हामीले अन्नपूर्णबाट लिएर आएका छौँ त्यसमा महानगरको साझेदारी हो । त्यो हिमाललाई हेरेर बाँचेका छौँ त्यसको सरसफाइको जिम्मा हाम्रो हो,’ उनले भने ।
सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिनको ‘संस्कृति, भूगोल, भूगर्भ ः पोखराका पर्यटकीय गन्तव्य’ विषयमा छलफलमा प्रमुखले सो भनेका हुन् । जसमा सहजकर्ता कनकमणि दिक्षित थिए । सत्रमा पोखराको भू बनावटको विषयमा चर्चा भएको थियो । यसको महत्व बताउँदै कनकमणिको प्रश्न थियो – पोखराको मैदान कसरी बन्यो पर्यटकलाई त्यो पनि चाहिन्छ । सेतीको खोँचको बारेमा पोखरावासीलाई चासो नै छैन । चासो छ मेयर साब भन्दिनुस् ।
प्रश्नको जवाफ दिँदै प्रमुखले यसबारे पोखरा महानगरले कार्यविधि तयार पारिरहेको बताए ।
उनले छलफलमा पोखरामा मापदण्ड बिना बनेका संरचनाको जिकिर समेत गरे ।
‘चासो छ । भर्खरै चार दिन भयो मैले साइन गरेको । पोखराको ताल तलैया डिल भिर नदी सम्पूर्ण ठाउँको मापदण्ड हामीले क्लियर गरेका छौँ । कहाँ के बनाउन मिल्ने का के बनाउन नमिल्ने कुन ठाउँको जोइनिङ गरेर कुन ठाउँमा अग्ला घर बनाउन मिल्ने का नमिल्ने । त्यो सबै कुराहरुलाई हामीले फेस गरेका छौँ । त्यो चासो भएकै कुराले यो गरेको हो ,’धनराजले भने ।
भू बनावटको विषयमा कुराकानीको गर्दै गर्दा बेलाबेला परिरहने पोखराको भ्वाङ नछुट्ने विषय हो । पूरानो अध्ययनले पनि पोखरा सेती किनारका केही भाग कमजोर रहेको प्रष्ट्याउँछ । त्यसपछि पोखराको विषयमा केही अध्ययन भएको छ । अब, पोखरा महानगर त्यसैको तयारीमा रहेको प्रमुखले सुनाए ।
‘फ्रेन्चहरुको भूगोलमा राम्रो रिसोर्स छ । उहाँहरुले पोखराको सिंगो एक्सरे गर्ने भन्नुभएको छ । अलिकति भूभागको हिसाबमा पोखरा अलि खतरा छ भन्ने छ रियल अवस्था के छ भन्ने विषयमा फ्रेन्च साथीहरुले रिसर्च गर्ने कुराकानी भएको छ,’उनले भने ।
पोखरा महानगरको अर्को विषय हो ताल संरक्षण । पर्यटनलाई लक्षित गर्दै महानगर योजना अघि सारेको छ । जून विवादबाट अछुतो छैनन् । यसैका विषयमा कनकमणिले प्रश्न गरे । यस्तै अर्को उज्यालो शहर बनाउनका लागि विवादित बनेको विषय हो आर्वाको डाँडामा राखिएको बत्ती । कनकमणिले यस विषयमा लेख नै लेखेका थिए ।
उनले प्रमुखलाई प्रश्न गरे – आर्वाको बत्ती किन हो ?
त्यस विषयमा दुई थरी प्रतिक्रिया आएको प्रमुखले जिकिर गरे । धाम निर्माणको योजना छ त्यस स्थानमा । एकथरी धाम निर्माण हुने स्थानलाई बत्तीले परिचय दिएको प्रतिक्रिया पाएको प्रमुखले सुनाए ।
‘समाचार देख्ने बित्तिकै मैले सम्बन्धित प्राविधिकलाई त्यो बत्ती १० बजेपछि निभ्ने बनाउनुहोस् । अरु बाँकी कुरा पछि गरौँला भनेँ । फेरि त्यही क्षेत्रका अन्य प्राविधिक साथीले अर्को टिम पठाएर त्यसलाई बल्ने बनाउनुभएछ । यस्तैका बिचमा छ त्यसमा हामी छलफलका क्रममा छौँ,’ प्रमुखले भने ।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१