व्यावसायिक योजना सम्वन्धी अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
फागुन ९, २०८०
gdbl

पोखरा । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्र्धन केन्द्रको आयोजनामा वित्तीय साक्षरता तथा व्यावसायिक योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । मंगलबार र बुधबार पोखरा महानगरपालिका अन्तर्गतका वडा नम्बर १९ र २० मा छुट्टाछुट्टै कार्यक्रमका बीच कार्यक्रम भएको हो ।

बचत, कर्जा, बिमा, रेमिटान्स, डिजिटल बैंकिङ लगायत समसामायिक विषयवस्तुका बारेमा बैंकका जोखिम व्यवस्थापन तथा अनुपालना विभाग प्रमुख रमेश बञ्जराले सहभागीलाई प्रस्ट प्रारेका थिए ।

व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले ग्रीन डेभलपमेन्ट बैंक, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र पोखरा महानगरपालिको सहकार्यमा आधारित साझेदारी स्वरोजगार कार्यक्रम बारेमा आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रमा विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, व्यवसायी तथा अन्य संघ संस्थाका प्रतिनिधि, स्थानीय आमा समूहको सहभागिता भएको थियो । उक्त कार्यक्रमबाट १ सय २ जनाले वित्तीय साक्षरता सम्वन्धी ज्ञान हासिल गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width