कृष्णमणिले अमेरिकामा लाटोकोसेरो उत्सवमा फोटो भिडियो प्रदर्शनी गर्ने

आदर्श समाज सम्वाददाता
फागुन ९, २०८०
Krishna-Mani-Baral-

पोखरा, ९ फागुन । पोखराका पत्रकार कृष्णमणि बराल अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो संरक्षण उत्सवमा सहभागी हुने भएका छन् ।

आगामी १ देखि ३ मार्चसम्म मिनोसोटा प्रदेशको मिनोपोलिस सहरमा उनले नेपालका लाटोकोसेरो तथा हुचिलसम्बन्धी डकुमेन्ट्री तथा फोटो प्रदर्शन गर्ने जनाएका छन् । उनले नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारेको १० मिनेटको भिडियो र नेपालमा लाटोकोसेरो तथा हुचिलको उद्धार, उपचारका प्रयास, संरक्षण समस्या र चुनौतीबारे प्रदर्शन गर्ने जनाए । उत्सवमा ३ प्रजातिको लाटोकोसेरोको ‘फोटो स्टोरी’ प्रदर्शन गर्ने उनको भनाइ छ ।

फोटो प्रदर्शनी तथा भिडियो प्रदर्शनीले नेपालको चरा पर्यटनको विकासमा महत्वपूर्ण योगदान रहने उनले विश्वाससमेत लिए ।

उनका अनुसार डकुमेन्ट्रीमा नेपालको तराईदेखि सगरमाथा फेदसम्मको जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक पक्ष पनि देखाउन कोसिस छ । अन्नपूर्ण पोस्ट दैनिकमा आवद्ध बरालले हालसम्म ३ दर्जनभन्दा बढी लाटोकोसेरो, हुचिल तथा गिद्धको उद्धार गरिसकेका छन् ।

उनी भन्छन्, ‘नेपालमा चरा लगायत वन्यजन्तु संरक्षणका लागि पछिल्लो समयमा भएका संरक्षण उत्सव, सचेतना कार्यक्रमले वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने सन्देश गाउँगाउँसम्म पुगेको छ । वन्यजन्तुको खुल्लमखुला चोरी निकासी हुनेक्रम रोकिएको छ ।’ लाटोकोसेरो तथा हुचील संरक्षणका लागि नेपालमा पनि १३ वर्षदेखि नेपाल लाटोकोसेरो तथा हुचील उत्सव हुँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width