तालपारि कहिले एम्बुलेन्स पुग्छ ?

आदर्श समाज सम्वाददाता
फागुन ९, २०८०
Talwari Talpari

पोखरा । पोखराको प्रमुख चिनारी हो–फेवाताल । फेवाका कारण पोखरा पर्यटकीय नगरीका रुपमा स्थापित छ । फेवाकै कारण तालवारिको क्षेत्र पर्यटकीय रुपमा परिचय बनायो, लेकसाइडले । फेवातालका किनारमा रहेका २ स्थानको कथा फरक छ । तालपारि भने अझै पनि विकट क्षेत्रका रुपमा परिचित छ । आधारभूत सेवा लिनका लागि तालपारिका नागरिकलाई सकस छ ।

तालपारि सडकसञ्जाल सुविधा सहज छैन । दैनिकरुपमा वारपार गर्ने प्रमुख माध्यम हो, डुंगा । विद्यार्थी शिक्षाका लागि दैनिक जोखिमपूर्ण यात्रा तय गरेर तालवारि आइपुग्छन् । न लाइफ ज्याकेट न कोही प्रौढको साथमा । एक्लाएक्लै हरेक दिन विद्यार्थी डुंगाको सयर गरेर तालवारिको विद्यालय आइपुग्छन् ।

तालपारिका विद्यार्थीको प्रश्न छ–तालपारि हामी कहिलेसम्म आफनो ज्यान जोखिमा राखेर डुंगा वारपार गर्ने केही व्यवस्थापन गरिदिनु प¥यो ।’
११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘तालवारि–तालपारि’ सत्रमा १० कक्षामा अध्ययनरत छात्राको प्रश्न हो यो । सत्रमा वक्ताको रुपमा गणेशमान गुरुङ, अञ्चला चौधरी र ज्ञानबहादुर जलारी उपस्थित थिए भने सहजकर्ताको भूमिका रघुनाथ वाग्ले । स्थानीयको गुनासो छ तालपारि विकास भएन । तालपारिको जीवनशैली सकसपूर्ण छ । सत्रमा अर्का स्थानीयले गुनासो राखेका थिए–आपतैआपतको तालपारि ।

‘आपतै आपतको तालपारि । उज्यालो तालवारि । मैले धेरै पढेको छैन । तर, मैले बुझेको लेकको अर्थ ताल साइडको अर्थ किनार के यही बैदाम मात्र किनार भयो ? हामी अनदु, लामडाँडा, सिम्ले वरिपरिको गाउँहरु तिनीहरु पनि त जम्मै लेकसाइड हो नि,’ उनले सुनाए ।

तालपारि सहज रुपमा सडक सञ्जाल नजोडिँदा पनि स्थानियले सास्ती छ । प्रदेश सरकार तालपारिलाई पर्यटकीयस्थलका रुपमा जोड्न योजना ल्याएको सुनाउँछ ।
‘यसलाई व्यवस्थित गर्न योजना बनिसकेको छ । तालको क्षेत्र सबै लेकसाइड हो । प्रदेश सरकारले राउन्ड फेवा योजना अघि सारको छ । सबै कुरा हो भिजन छ । सबै किनारमा प्रगति हुनुपर्छ,’ सांसद गणेशमानले भने ।

राउन्ड फेवाको योजना पुरानो हो । तालपारि सडक सञ्जाल नजोडिएको होइन । तर, असहज रुपमा । आकस्मिक सेवाका लागि तालपारिका स्थानीय तालवारि आउनुपरे प्रयोग गर्ने २ बाटो छन् । १ आधा घण्टा बढी फेरो पारेर छोरेपाटन यात्रा वा डुंगाको सयर । एम्बुलेन्सको सेवा पुग्नका लागि सडक जोडिएका छैनन् तालपारिका गाउँमा ।
सहजकर्ताको प्रश्न थियो यही विषयमा–तालपारि कहिले एम्बुलेन्स पुग्छ ?

सांसद गणेमानले आफूहरुसँग विकासको लागि भिजन भएको सुनाए । सडकसञ्जाल जोडिनका लागि काम अघि बढेको बताउँछन् उनी ।

‘पानीभन्दा माथि पुल बनिसकेको छ । त्यहाँबाट बाटो यहाँ ल्याउने हो । कसरी लैजानुपर्छ विज्ञ राखेर लगिन्छ । हुन्छ । हिजो तालभन्दा माथि बाटो लैजानै हुन्न भन्ने थिए । लगेरै छोड्यौ त ? हामी सक्दैनौं त ? ढुक्क हुनुहोस् हामी सक्छौं आइ ह्याब प्लान मसँग भिजन छ,’ उनले भने ।

तालवारिको बस्ती विकासका लागि विश्व बैंकसँग मिलेर प्रदेश सरकारले योजना ल्याउन लागेको नीति तथा योजना आयोग सदस्य अञ्चला चौधरीले सुनाइन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width