पोविको १९ औं दीक्षान्त समारोह : ७६५१ विद्यार्थी दीक्षित

आदर्श समाज सम्वाददाता
फागुन ९, २०८०
pu news by ramsaran

लेखनाथ । पोखरा विश्वविद्यालय (पोवि) को १९ औं दीक्षान्त समारोहमा विभिन्न तह र संकायका गरी ७ हजार ६ सय ५१ विद्यार्थी दीक्षित भएका छन् ।

पोखरास्थित विश्वविद्यालय परिसरमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री अशोक राईको उपस्थितिमा एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान् कोइरालाको प्रमुख आतिथ्यमा मंगलबार दीक्षान्त समारोह भएको हो ।

समारोहमा स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रमहरूमा सबैभन्दा उच्चतम् अंक प्राप्त गर्ने १३ जना विद्यार्थीले स्वर्णाङ्कित कुलपति पदक प्राप्त गरेका छन् । कुलपति पदक प्राप्त गर्नेहरुमा हेमन्त लामिछाने, विवेकबाबु लामिछाने, रोमहर्ष वली, गंगा गिरी, गरिमा श्रेष्ठ, कामना कटुवाल, मञ्जु पाण्डेय, समीर सुवेदी, सृष्टि भूर्तेल, सुभाष बुढाथोकी, आकृति थापा, सम्झना कार्की र वीनिता आचार्य हुन् । तीमध्ये वीनिता मानविकी तथा सामाजिकशास्त्र संकायकी हुन् । विज्ञान तथा प्रविधि संकायतर्फका हेमन्त लामिछाने, विवेकबाबु लामिछाने र रोमहर्ष वली हुन् भने बाँकी व्यवस्थापन संकायका हुन् । उनीहरु सबैले जिपिए ४ ल्याउन सफल भएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

यस्तै, स्नातकतर्फ सम्पूर्ण कार्यक्रमहरूमा सबैभन्दा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीले स्वर्णाङ्कित उपकुलपति पदक पाए । स्नातक तहका कार्यक्रमहरूमा बिसिएतर्फ सबैभन्दा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीले स्वर्णाङ्कित अक्सफोर्ड पदक प्राप्त गरे । विश्वविद्यालयको स्नातक तहका कार्यक्रमहरूमा सिजिपिए ३.७ वा सो भन्दा बढी अंक तथा स्नातकोत्तर तहका कार्यक्रमहरूमा सिजिपिए ३.८ वा सोभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई डीन लिष्ट उपाधि प्रदान गरिने व्यवस्थाअन्तर्गत विभिन्न विधाका ६ सय ४६ विद्यार्थीले सो उपाधि प्राप्त गरे ।

स्नातक तह कम्प्युटर एप्लिकेसन कार्यक्रममा सबैभन्दा बढी अंक ल्याउने आस्था श्रेष्ठ गोल्ड मेडल र व्यवस्थापन संकायअन्तर्गत आंगिक महाविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर तहमा उच्च अंक प्राप्त गर्ने सृष्टि भूर्तेल लक्ष्मी विद्या पदकबाट विभूषित भइन् ।

स्नातकोत्तरमा सम्पूर्ण कार्यक्रममा उच्चतम् अंक प्राप्त गर्ने १३ विद्यार्थीलाई स्वर्णाङ्कित कुलपति पदक

समारोहमा वरिष्ठ मुटुशल्य चिकित्सकसमेत रहेका प्राडा कोइरालाले नेपालको दोस्रो विश्वविद्यालय पोखरा विश्वविद्यालयको गुणस्तरलाई अझ बढाउन एकीकृत प्रयास आवश्यक हुने बताए । उनले विश्वविद्यालयहरुमा गुणस्तर कायम गर्नका लागि योग्यता अनुरुप जिम्मेवारी दिइनुपर्ने सुझाव व्यक्त गरे । उनले भने, ‘विश्वविद्यालय शिक्षामा गुणस्तर कायम गर्न योग्य व्यक्तिलाई सही स्थानमा जिम्मेवारी दिनुपर्छ । विश्वविद्यालयलाई सिक्ने र सिकाउने थलोको रुपमा विकास गर्नुपर्छ ।’

राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालयहरुको गुणस्तर खस्किँदै गएको भन्दै उनले देशलाई अगुवाइ गर्न सक्ने, समाजलाई नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । नेपालमा पद्दति अनुसार काम हुन्छ, योग्यता, क्षमताको कदर हुन्छ भन्ने विश्वास दिलाउन सके विदेश गएका दक्ष नेपालीलाई पनि फर्काउन सकिने उनको भनाइ छ । ‘विश्वविद्यालयहरुले नेपाली माटो सिकाउँदो शिक्षा दिनुपर्छ र यहाँका उत्पादनले देशलाई सिकाउनुपर्छ, देशवासीको मोडल बन्नुपर्छ,’ उनले भने । शिक्षापछि रोजगारी र अवसर नहुँदा नेपाली विद्यार्थी पलायनले विश्वविद्यालय गम्भीर मोडमा पुगेको र राज्यको ठूलो लगानीको पनि उपयोग नहुने अवस्था आएको उनको भनाइ छ ।

सहकुलपति एवं शिक्षामन्त्री राईले नेपाली विश्वविद्यालय, शिक्षालयहरुले नयाँ कुरा खोजी गर्दा आफ्ना संस्कार, परम्परा, दर्शनको अनुसन्धान र प्रयोगमा उचित ध्यान पु¥याउन नसकेको विचार व्यक्त गरे । विश्वविद्यालयका उत्पादनलाई रोजगारमा जोड्न सरकार शैक्षिक नीतिमै परिवर्तन गर्ने सोचमा रहेको उनले बताए । विश्वविद्यालयहरुलाई प्रतिस्पर्धी, प्रभावकारी र नमुना बनाउन प्राज्ञिक जनशक्तिलाई नै जिम्मा दिइनुपर्ने उनले बताए । उनले भने, ‘विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्नैपर्छ । हामी एक दिन दीक्षान्तमा आएर कुरा गरेर विश्वविद्यालयहरु सुधिँ्रने, प्रभावकारी बन्ने भन्ने हुँदैन । प्राज्ञिक व्यक्तित्व आउनुपर्छ ।’

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको अवस्था र भावी योजनामाथि प्रकाश पारेका थिए ।

यसअघि, १८ औं दीक्षान्त समारोहसम्म ५५ हजार ५५ हजार ९ सय ७ जना दीक्षित भइसकेका छन् ।

पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार २०५४ मा स्थापित पोखरा विश्वविद्यालयका ४ आंगिक महाविद्यालय छन् । विश्वविद्यालयमा १ सय ४५ स्थायी र ५२ करार शिक्षक र २ सय १२ कर्मचारी कार्यरत छन् । पोखरा विश्वविद्यालयमा ३ संयुक्त आंगिक र ५८ सम्बन्धन प्राप्त महाविद्यालयमा ६४ कार्यक्रममा अहिले ३५ हजार २ सय ४० विद्यार्थी छन् । चाँडै विभिन्न तहमा १६ कार्यक्रम थप गर्ने लक्ष्य लिएको यो विश्वविद्यालयले गत सालबाट पोखरा–३०, खुदीमा १ सय शैयाको शिक्षण अस्पतालसमेत सञ्चालन गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width