वडाध्यक्ष सुवेदी रिहालगत्तै फेरि पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन ८, २०८०
dipak subedi

पोखरा । पोखरा महानगरपालिका वडा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी मंगलबार धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । उनलाई पोखराको बैदामबाट कास्की प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको जनाएको छ।

मित्र मिलन सहकारी ठगी प्रकरणका प्रतिवादी वडाध्यक्ष सुवेदी लामो समयसम्म फरार रहेकोमा मंगलबारमात्र कास्की जिल्ला अदालत हाजिर भएका थिए । उनलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीमाथि मिटरव्याजी कारोबारी र राजस्व छली गरेको अभियोग थियो ।

तर, त्यसलगत्तै वडाध्यक्ष सुवेदीलाई शान्ति केसीको जाहेरीले ठगी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार बिकले बताए।

पोखरा नयाँबजारस्थित मित्रमिलन सहकारी ठगी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । सहकारी ठगी अभियोगमा ३३ जना प्रतिवादीविरुद्ध पक्राउ पुर्जी काटिएकोमा हालसम्म अदालतले वडाध्यक्ष सुवेदीसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । ६ जना पुर्पक्षका लागि कारागारमा रहेकोमा बाँकी फरार छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीविरुद्ध कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width