मित्रमिलन सहकारी ठगी प्रकरणमा वडाध्यक्ष सुवेदी धरौटीमा रिहा

आदर्श समाज सम्वाददाता
फागुन ८, २०८०
dipak subedi

पोखरा। मित्र मिलन सहकारी ठगी प्रकरणका प्रतिवादी पोखरा वडा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार वडाध्यक्ष सुवेदीलाई ८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । लामो समयदेखि फरार उनी मंगलबार अदालत हाजिर भएका थिए । उनले मिटरव्याजी कारोबारी र राजस्व छली गरेको अभियोग छ ।

मित्रमिलन सहकारी ठगी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । सहकारी ठगी अभियोगमा ३३ जना प्रतिवादीविरुद्ध पक्राउ पुर्जी काटिएकोमा हालसम्म अदालतले वडाध्यक्ष सुवेदीसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । आइतबारमात्रै कानुनी सल्लाहकार जनकल्याण पराजुली ३ लाख धरौटीमा रिहा भएका थिए । यसअघि, सुरेशकुमार श्रेष्ठ, हरेराम भण्डारी, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, विष्णुप्रसाद भण्डारीलाई जनही ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउतलाई १२ लाख रुपैयाँमा धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । पक्राउ परेकोमध्ये ६ जना पुर्पक्षका लागि कारागारमा छन् ।

थुनामा रहेकामा सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार शेयर सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल हुन् । अझै १९ जना फरार छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीविरुद्ध कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width