स्थानीय महोत्सवबाट सम्भावनाको खोजी

आदर्श समाज सम्वाददाता
फागुन ७, २०८०
pokhara 14 local festival

पोखरा । पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सोमबार सम्पन्न भएको छ ।

वडा कार्यालय १४ को आयोजनामा २ दिनसम्म चलेको महोत्सवको समापन गर्दै केसी ग्रुपका सञ्चालक किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्दत पुग्ने बताए । ‘मेला महोत्सवलाई हामीले मनोरञ्जनको लागि मात्र बुझ्ने गरेका छौं, स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि महोत्सवले महत्वपूर्ण मद्दत गर्छ,’ व्यवसायी केसीले भने । उनले पोखरा महानगरपालिकाको ३३ वटा वडामध्ये पोखरा–१४ ले स्थानीय उत्पादनको बजारीकरण र व्यावसायीकरणको लागि काम गरेको बताए । मेला महोत्सव उत्पादित वस्तुहरुको व्यावसायीकरण गर बजारीकरणको गर्ने थलो भएको सम्मेत उल्लेख गरे ।

गण्डकी प्रदेशका निवर्तमान कृषि, उर्जा तथा जलस्रोतमन्त्री एवं प्रदेश सांसद वेदबहादुर गुरुङ ‘श्याम’ले मेला महोत्सवमा उत्पादित कृषि तथा वस्तुहरुको प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । ‘मेला महोत्सवमा किसानका उत्पादन गरेका खाद्यान्नदेखि उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गर्ने थलो हो’, सांसद गुरुङले भने, ‘मेला महोत्सवले कला संस्कृतिसँगको संरक्षण र जर्गेना गर्न महत्वपूर्ण योगदान पु¥याउँछ ।’

पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेकोे बताए । ‘पोखरा–१४ मा उत्पादित कृषिजन्य उपजको व्यावसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले यसबाट कृषकमा थप ऊर्जा मिल्ने विश्वास लिए ।

महोत्सवमा पोखरा–१४ भित्रका विभिन्न व्यवसाय प्रवद्र्धनका व्यवसायीहरुलाई १ सय स्टल निशुल्क रुपमा प्रदान गरिएको थियो । महोत्सवमा वडामा उत्पादन भएका कृषि जन्य खाद्यान्न, वडाभित्र उत्पादन भएका उत्पादित वस्तुहरु, अटो इन्जिनियरिङका सामान, विद्यालयका शैक्षिक सामग्रीसँगै निशुल्क स्वास्थ्य जाँचहरुसमेत गरिएको थियो ।

यसैबीच, महोत्सव अवसरमा वडाले विभिन्न टोल सुधार समितिलाई समेत सम्मान गरेको छ । वडाले महोत्सवको अवसरमा मसिना टोल सुधार समितिका अध्यक्ष देवेन्द्र मगर, चेतनामार्ग टोल सुधार समितिका अध्यक्ष डम्बरबहादुर मगर, दाहसंस्कार टोल सुधार समितिका अध्यक्ष ललितबहादुर बानियाँ, स्वागत नगर टोल सुधार समिति अध्यक्ष सु.देवबहादुर केसी, मोहन मार्ग टोल सुधार समिति, युनिटी टोल सुधार समिति अध्यक्ष लक्ष्मी लामिछाने अधिकारी, भूपू सैनिक टोलसुधार समिति अध्यक्ष बलबहादुर गुरुङलाई सम्मान गरेको हो ।

यस्तै, समाज सुधार तथा उत्पादनतर्फ लक्ष्मी कार्की र ज्येष्ठ नागरिकतर्फ नवीनदास पौडेललाई सम्मान गरेको छ । कृषितर्फ अमृता सापकोटा र पशुपालनतर्फ मोहनबहादुर कार्कीलाई सम्मान गरेको छ ।

सो अवसरमा निकालिएको झाँकी तथा ¥यालीतर्फ मिरमिरे टोल विकास समिति, मसिना टोल सुधार समिति, नेपाल मगर कमदमार्ग चाउथे इकाइ समिति, पद्याकुमारी ईश्वरी विश्वविद्यालय, युकेश्वर टोल सुधार समिति, पोंचोकों तमु समाज घर, सस्कृति आमा समूहलाई समेत सम्मान गरेको छ । महोत्सवमा सहभागी टोल तथा संस्थालाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

रस्साकसीमा मिर्मिरे र खाल्टे विजयी
सो अवसरमा आयोजित टोलस्तरीय रस्साकसी प्रतियोगितामा महिलातर्फ मिर्मिरे आमा समूह र पुरुषतर्फ खाल्टे टोल सुधार समिति विजयी भएको छ । महिलातर्फको प्रतियोगितामा मिर्मिरे आमा समूह विजेता र युनिटी आमा समूह उपविजेता भए । यस्तै पुरुषतर्फ खाल्टे टोल सुधार समिति र प्रगति टोल सुधार समिति उपविजेता भए । यस्तै छेलो फाल्ने प्रतियोगितामा दुजिक थापा मगर विजेता र रविन गुरुङ उपविजेता भएको प्रचारप्रसार समितिका संयोजक रामजी जिसीले बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग