अन्तर्राष्ट्रिय उडानका लागि दबाब

आदर्श समाज सम्वाददाता
फागुन ७, २०८०
airport progrem photo

पोखरा । पोखराबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्ने भन्दै दबाब दिइएको छ । राष्ट्रिय एकता अभियान पोखराको आयोजना तथा स्वतन्त्र प्रत्रकार संघ नेपाल कास्की शाखाको सहकार्यमा आइतबार पृथ्वीचोकमा सार्वजनिक बहस गर्दै उडानका लागि दबाब दिइएको हो ।

बहसमार्फत् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने, विमानस्थल निर्माणमा भष्टाचार छ भने छानबिन गर्नुपर्ने तथा चीन सरकारको बिआरआई ऋणलाई अनुदानमा परिणत गर्न नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्नेलगायत माग गरिएको छ ।

बहसमा भाग लिँदै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अपुरो विमानस्थल उद्घाटन हुनु दुखद् भएको औल्याउँदै विमानस्थल निर्माणमा सरकार अपारदर्शी बनेको जनाए । उनले नागरिक उड्डयनलाई छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै विमानस्थल सञ्चालन हुन नसक्नुका प्राविधिक पक्ष केलाउन नागरिकलाई सुझाव दिए ।

अग्रज सञ्चारकर्मी युगनाथ शर्मा पौडेलले पोखरा विमानस्थल अन्तर्राष्ट्रिय जगतको महŒवपूर्ण योजना भएको तर्क गर्दै सरकारले यसलाई बिआरआईअन्तर्गत नबनेको भनेर स्पष्ट पार्नुपर्ने धारणा राखे ।

पर्यटनविद् वासुदेव त्रिपाठीले नेपालकै गौरवको योजनाका रुपमा पोखरा विमानस्थललाई चिनाउँदै विमानस्थल निर्माण गर्दाका अनुभवहरू सुनाए । त्यस अवसरमा सामाजिक अभियन्ता कुमार राना, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, राष्ट्रिय एकता अभियानका संयोजक विनय यादव, स्वतन्त्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष असफल गौतमलगायतले शीघ्र पूर्ण क्षमतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुपर्नेमा जोड दिए ।

उनीहरुले भारत र चीनको कुटनीतिक द्वन्द्वमा पोखरा विमानस्थल परेको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । हालसम्मका गतिविधिले अन्तर्राष्ट्रिय विमानस्थल अन्तरप्रदेश विमानस्थलजस्तो बन्दै गएको छ, यो एयरपोर्ट हेरेर पोखरा आसपास निजी क्षेत्रबाट झण्डै ६ खर्ब लगानी भएको छ, हिजो विमानस्थल निर्माणमा दबाब दिएजस्तै आज सञ्चालन गराउन पनि दबाब सिर्जना गर्नुपर्ने अवस्था आउनु पक्कै पनि लज्जाबोध हो, उनीहरुले भने ।

विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय क्षेत्रलगायत हवाई कम्पनीसँग सकारात्मक सन्देश लैजान, विमानस्थल निर्माणको खर्चबारे श्वेतपत्र जारी गर्न, सञ्चालनमा आउन नसक्नुका प्राविधिक कारणहरु खोतली समाधान गर्न नागरिकहरूले सरकारलाई सुझाव दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गत वर्ष पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमबीच उदघाटन गरेका हुन् । यहाँ हालसम्म चीन तथा भुटानबाट केही चार्टर्ड उडान मात्रै भएका छन् भने नियमित दिवा तथा रात्रिकालीन आन्तरिक उडान हुने गरेको छ । नियमित अन्तर्राष्ट्रिय उडानको अझै पनि टुंगो लाग्न सकेको छैन ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width