नवप्रभात माविको ५५ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ५, २०८०
nabaprabhatf
पोखरा । पोखरा–९, नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भयो । समारोह उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले आवश्यक परेको खण्डमा विद्यालयलाई सहयोग गर्न आफू तयार रहेको स्पष्ट पार्दै सबै मिली शैक्षिक गुणस्तर वृद्धि गर्न लाग्नुपर्ने जनाए । उनले विद्यालयको शैक्षिक एवं आर्थिक विकासका लागि ५१ हजारको अक्षयकोष घोषणा पनि गरे ।
वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुणस्तरीय शिक्षाको पक्षमा वडा दृढ रहेको सुनाउँदै सामुदायिक विद्यालयको हक हितमा महानगर लागि परेको औंल्याए ।
पोखरा महानगर शिक्षा महाशाखा अधिकृत जीवनप्रसाद रेग्मीले नवप्रभातको शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै आगामी वर्षमा विद्यालयमा विकास निर्माणका योजना सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमबीच जनप्रतिनिधि लक्ष्मी पहारीले २५ हजार ५ सय ५५, शुभचिन्तकद्वय मित्रलाल पौडेलले १० हजार ५ तथा भीम न्यौपानेले १३ हजार ५ सय ५० को अक्षयकोष स्थापना गरे ।
प्रधानाध्यापक मायाकुमारी थापाले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पार्दै अभिभावक शिक्षा वृद्धिलगायत १ शिक्षक १ ल्यापटप कार्यक्रम सञ्चालनको तयारी गर्नुपर्ने बताइन् । उनले नवीनतम शैक्षिक प्रविधिमा जोड दिँदै अक्षयकोषदाता वृद्धि गर्ने, प्रतीक्षालय निर्माण गर्नुपर्नेलगायत भावी योजनाहरू सुनाइन् ।
त्यस अवसरमा शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फका पुरस्कारहरू वितरण गरियो । एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लगायत १० अक्षयकोषदातालाई सम्मानसमेत गरियो । त्यस्तै विद्यार्थीलगायत शिक्षकले विभिन्न प्रस्तुति राखे ।
तहगतरुपमा शिक्षकहरू गौरीसरा गुरुङ (१–५), ढाकामोहन बराल (६–८), श्रवणकुमार शर्मा (९–१०) एवं विनप्रसाद पौडेल (११–१२) उत्कृष्ट घोषित हुँदै पुरस्कृत भए । विद्यालय अध्यक्ष प्रीति पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक ढाकामोहन बरालले स्वागत तथा शिक्षक विनप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
कक्षा १२ सम्म संचालित विद्यालयमा हाल कुल ३ सय ७ विद्यार्थी अध्ययरत छन् ।जसअन्र्तगत कक्षा ११, १२ तर्फ कानुन एवम् व्यवस्थापन विषयको पठनपाठन हुने गर्दछ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width