सरस्वती आदर्श विद्याश्रम राष्ट्रिय लोकनृत्य प्रतियोगितामा प्रथम

आदर्श समाज सम्वाददाता
फागुन ५, २०८०
saraswati school

पोखरा । राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि पोखरा लामाचौरस्थित सरस्वती आदर्श विद्याश्रमले जितेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), नेपालद्वारा विराटनगरको आरोह गुरुकुल नाट्यघरमा आयोजित प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम प्रथम हुँदै १ लाख, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

पालिका, जिल्ला, प्रदेशस्तर हुँदै सञ्चालित सो प्रतियोगिताको अन्तिम चरण राष्ट्रियस्तरको प्रतिस्पर्धामा समेत सरस्वतीले बाजी मारेको हो ।

प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी विद्यालय सुविजिमुर मेमोरियल दोस्रो र वागमतीको इलेन मेमोरियल तेस्रो भए । उनीहरुले क्रमशः ७५ र ५० हजार साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे । मधेशको गोल्डेन फ्युचर एकेडेमी र कर्णालीको सिद्ध पाइलो स्कुल सान्त्वना हुँदै २५/२५ हजारसहित, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे ।

प्याब्सन अध्यक्ष डीके ढुंगानाको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख निर्णायक त्रिविका उपप्रध्यापक तथा पद्मकन्या क्याम्पस नृत्य विभागका प्रमुख प्रकाश तुलाचन थिए । संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य शान्ति कठायत र कलाकार भानु सिटौला निर्णायक मण्डलमा थिए ।

प्रमुख निर्णायक तुलाचनले प्रथम, द्वितीय र तृतीय हुने कलाकार विद्यार्थीलाई इच्छुक भए स्नातक तह नृत्यमा पद्म कन्या क्याम्पसमा निशुल्क अध्ययनको अवसरसमेत घोषणा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width