सफल पोखरा म्याराथनमा केन्याको बर्चश्व, जुलियासले जिते ५ लाख

आदर्श समाज सम्वाददाता
फागुन ५, २०८०
1606779e-baae-4358-ab61-0d42aeda8905

खुला म्याराथनतर्फ विजेतालाई पुरस्कृत गरिँदै । तस्बिरः विजय नेपाल

पोखरा। १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२४ मा केन्याका धावकको वर्चश्व कायम भएको छ । केन्याका जुलियास मुरौकी वाहोम यसपालि च्याम्पियन हुँदै नगद ५ लाख रुपैयाँ पुरस्कार जित्न सफल भए ।

नेपाल भूतपूव खेलाडी मञ्च आयोजनामा पोखरामा शनिबार भएको ४२ दशमलब १९६ किमीको खुला म्याराथनमा उनीसहित केन्याकै धावक दोस्रो र तेस्रो हुन सफल भएका हुन् ।

आयोजकका अनुसार जुलियासले निर्धारित दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गरेका हुन् ।

केन्याका आइज्याक किहारा किमिरीले निर्धारित दूरी २ घण्टा २० मिनेट ५ सेकेण्डमा पार गर्दै दोस्रो हुँदा एड्विन किप्लागट मिरितिमले ४० सेकेण्ड बढी लगाउँदा तेस्रोमा सीमित भए । नेपालको किरण बोगटी चौंथो भए । उनीहरुले क्रमशः ३ लाख, २ लाख र ३० हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशि भएको म्याराथन समेत हो । विभिन्न ९ इभेन्टअन्तर्गत ४१ जना विजेतालाई पुरस्कारमा मात्रै १८ लाख १६ हजार नगद प्रदान गरिएको आयाजक मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।

म्याराथनमा टेक्निकल डिभाइस चिप्स प्रयोग गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव एवं मञ्चका निवर्तमान पूर्व अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width