मित्रमिलन सहकारी ठगी प्रकरणमा हरेराम धरौटीमा रिहा

आदर्श समाज सम्वाददाता
माघ २९, २०८०
Sahakari

पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा हरेराम भण्डारीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । लामो समयसम्म फरार प्रतिवादी भण्डारी आफैं कास्की जिल्ला अदालतमा हाजिर भएकोमा उनलाई साेमबार न्यायाधीश महेन्द्रबहादुर थापा क्षत्रीको इजलासले ७ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले यसअघि लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी र विष्णुप्रसाद भण्डारीलाई जनही ७ लाख र पूर्व अध्यक्ष कृष्णबहादुर राउतलाई १२ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

२६ करोड ८६ लाख रुपैयाँ हिनामिना गरिएको भन्दै बचतकर्ताले प्रहरीमा उजुरी दिएकोमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । हालसम्म १० जना पक्राउ परेका छन् । तीमध्ये ६ जना पुर्पक्षका लागि जेल चलान भएकामा ४ जना धरौटीमा रिहा भएका हुन्।

पुर्पक्षका लागि थुनामा गएकामा सञ्चालक समिति अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार तथा सेयर सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width