धनञ्जय गोत्रीय भण्डारी समाजको १६ औं साधारणसभा

आदर्श समाज सम्वाददाता
माघ २९, २०८०
32f07476-a3ef-49d2-9090-38535f530a0c

पोखरा । धनञ्जय गोत्रीय भण्डारी समाज, पोखरा २१, निर्मलपोखरी, खर्च्याङको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा समाजको वंशावली उपसमिति संयोजक, पूर्व केन्द्रीय सदस्य एवं पोखरा १७ का वडा सदस्य शिवराम भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा करिब १ सय ६० जनाको सहभागिता थियो ।

कार्यक्रममा समाज अध्यक्ष यज्ञप्रसाद भण्डारीले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष हरिशंकर भण्डारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समाजका सदस्य नेत्रप्रसाद भण्डारी, पूर्व सहसचिव ओमप्रसाद भण्डारी, पूर्व कोषाध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष टीकाराम भण्डारी, संस्थापक अध्यक्ष शोभाखर भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सदस्यका छोराछोरीतर्फ गत वर्षको एसइई र कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा एसइईतर्फ प्रसन्न भण्डारी, सन्ध्या भण्डारी, राजेश भण्डारी तथा कक्षा १२ तर्फ अर्पण भण्डारी र गुमा भण्डारी रहेको कार्यक्रम संयोजक देवीमाया भण्डारीले बताइन् । साथै, कुल मन्दिर निर्माणमा सहयोग गर्ने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष यज्ञप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव शालिकराम भण्डारीले स्वागत र सचिव नवराज भण्डारीले संचालन गरेका थिए ।

२०६० सालमा स्थापित संस्थामा धनञ्जय गोत्रीय भण्डारी समाजका करिब साढे २ सय सदस्य आबद्ध छन् ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width