सुवेदी समाजको सभामा ज्येष्ठ सदस्यलाई सम्मान

आदर्श समाज सम्वाददाता
माघ २८, २०८०
subedi

पोखरा । स्याड्जा टक्सार सुवेदी समाज नेपालले आफ्ना ज्येष्ठ सदस्यलाई सम्मान गर्दे संस्थाको छैटौें साधारण सभा सम्पन्न गरेको छ । उक्त संस्था स्याङ्जाको पुतलीबजार ६ टक्सार जन्मस्थान तथा पुख्र्याैली घर हुने नेपालभर छरिएर रहेका सुवेदीद्वार स्थापित हो ।

कार्यक्रममा सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपालका कुलाधिपति देवीप्रसाद सुवेदीले सुवेदी बन्धुहरुको आत्मियता र भावनात्मक सम्बन्ध गाढा बनाउन संस्थाको उद्देश्य अनुरुप समाजका ज्येष्ठ सदस्यहरुको सम्मानसहित उच्च शिक्षा हासिल गर्ने संस्थाका सदस्यहरुको कदर गर्दै गरिएको सम्मान कार्यक्रमले आफू निकै प्रभावित रहेको बताए ।
कार्यक्रममा ७० बर्ष माथिका ज्येष्ठ नागरिकहरु र उच्च शिक्षा (एमए) उत्तीर्ण संस्थाका सदस्य तथा परिवारका सदस्यहरु र उच्च पदमा आसिन संस्थाका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहाकार तथा स्याड्जा जिल्ला समन्वय समितिका उपप्रमुख खड्कराज सुवेदी, सस्थाका सदस्य तथा पृथ्वीनारायण क्याम्पसका सहप्रध्यापक खिमराज सुवेदी, ताराप्रसाद सुवेदी, लेखनाथ सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा महासचिवको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत र अनुमोदन गरिएको थियो ।

संस्थाका अध्यक्ष तुलसीराम सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रामचन्द्र सुवेदी र कार्यक्रम सञ्चालन महासचिव भीमप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रममा सस्थाका १६ जना आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width