‘सृजनाका लता पुष्प’ विमोचन

आदर्श समाज सम्वाददाता
माघ २८, २०८०
Gangasagar newss

पोखरा । दयासागर पराजुलीद्वारा रचित ‘सृजनाका लता पुष्प’ कविता संग्रह लोकार्पण गरिएको छ । पोखरा चिसाखोला वेद विद्याश्रममा संस्कृतिविद् नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङ र निम्वार्क वैष्णव परिषद्का अध्यक्ष हरिशरण उपाध्यायबाट पुस्तक लोकार्पण गरियो

पोखरा–१८, ग्यारजाती घर भई हाल काठमाडौं निवासी दयासागर पराजुलीले आफ्ना पिता/माता पं. चिन्तामणि/नन्दकली तथा मामा/माइजू अग्निहोत्री पं. केदारनाथ/दीव्यश्वरी उपाध्याय तिमिल्सिनाको स्मृतिमा पोखरा चिसाखोला वेद विद्याश्रम सञ्चालन एवं आवासीय विद्यार्थीको भोजनका लागि अक्षयकोष स्थापना गरेका छन् । उनले ५ लाख ५५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरी वेद विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिनालाई हस्तान्तरण गरे ।

कार्यक्रममा नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङले वेद विद्याश्रमको यज्ञशाला, गाईसेवा र वेदको पठनपाठन नेपालकै उत्कृष्ट रहेको र विश्व शान्तिको कामनाका लागि हवनको अपरिहार्य रहेकोले आफ्नो धर्म, संस्कार, संस्कृति भुल्न नहुने बताए ।

विशिष्ट प्रमुख अतिथि प्रा.हरिशरण उपाध्यायले आफू देवघाटबाट आएर यो आश्रमको सञ्चालन तथा पठनपाठन हेर्दा ९६ वर्षसम्मको अनुभवमा ऋषिकुल आश्रम जस्तो अनुशासित देखेर हर्षित भएको बताए ।

पूर्व कर्मचारी सेवा परिषद्, कास्कीको आयोजना तथा पोखरा चिसाखोला वेद विद्याश्रमको सह आयोजनामा भएको कार्यक्रमको सभापति परिषद्का अध्यक्ष नरहरि बरालले गरेका थिए । प्राडा जगन्नाथ रेग्मीले कृतिको समीक्षा, सह प्राडा भोलानारायण रेग्मीले कृतिको परिचर्चा, सह प्रा.कपिलदेव भट्टराईले सम्पादकीय मन्तव्य, वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संयोग बस्यालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width