विद्यार्थीबीच झडपपछि लमजुङ क्याम्पसको छात्राबास अनिश्चितकालीन बन्द

आदर्श समाज सम्वाददाता
माघ २८, २०८०
Lamjung-krishi-campus 5

लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा विद्यार्थीहरूको दुई समूहका बीच झडप भए हुँदा ११ जना घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरू बीच झडप हुँदा चार जना गम्भिर घाइते भएको प्रहरी भनाइ छ । घट्नामा टाउकाको पछाडि भागमा चोट लागि घाइते भएका निमित्त क्याम्पस प्रमुख खनाल पनि थप उपचार गर्न आइतबार विहान पोखरा प्रस्थान गरेका छन् ।

सो झडपमा क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित ११ जना विद्यार्थीहरू घाइते भएको क्याम्पस प्रशासनले जनाएको छ । उनीहरूमध्ये गम्भीर घाइते भएका ४ जनामध्ये थप उपचारका लागि दुई जना पोखरा र दुई चितवन पठाइएको छ । अन्य घाइतेहरूको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारपछि फर्किएका छन् ।

घाइतेहरू विराज सुवेदी र टिकाराम ढकाललाई चितवन र मदन रिमाल र वेदान्त घिमिरे २ जनालाई पोखरा पठाइएको हो ।

क्याम्पसमा विद्यार्थीहरू बीच हानाहान भएको निमित्त क्याम्पस प्रमुख खनालले बताए । उनका अनुसार त्यस क्रममा विद्यार्थीहरूले फलामे रड र क्रिकेटको व्याट लगायतले एक अर्कालाई प्रहार गरेका थिए ।

अन्य घाइते विद्यार्थी ७ जना स्थानीय कर्मदा हस्पिटलमा सामान्य उपचार गरी हिजै डिस्चार्ज भएका छन् ।

नमुना सामुदायिक अस्पतालमा उपचारका लागि आएका दुई जनालाई रिफर गरिएको सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार दुई जनाले ठूलो ठाउँमा जान्छु भने र गए । उनले भने, ‘हाम्रो अस्पतालबाट लिखित रुपमा रिफर भएको दुईजना मात्र हो ।’

नेविसंघ र अनेरास्ववियुमा विभाजित विद्यार्थीहरू बीच विद्यार्थी भर्नाका विषयमा विवाद हुँदा झडप भएको भएको बताइएको छ । सो क्याम्पसमा आउँदो फागुन ८ गतेदेखि बीएसएजीको कक्षा सञ्चालन हुने कार्यक्रम छ । त्यही विषयलाई लिएर दुई विद्यार्थी संगठनबीच विवाद उत्पन्न भएको बताइन्छ ।

क्याम्पसमा भर्ना हुन आएका नयाँ विद्यार्थी महेश साउदलाई अखिल विद्यार्थी संगठनले तनहुँको डुम्रेबाट नै कब्जा गरी लिएर आएको र नेबिसंघका विद्यार्थीहरूसगँ भेटघाट समेत गर्न नदिएको भन्दै झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ ।

घटनापछि क्याम्पसले एक सूचना जारी गरी अनिश्चित कालका लागि छात्राबास खाली गराइएको छ । त्यहाँ सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी खटाइएको छ ।
क्याम्पसको पठन पाठन पनि स्थगित गरिएको जनाइएको छ ।

घट्नाको खबर आएसँगै क्याम्पसमा प्रहरी पुगेको त्यसपछि ऐलेसम्मको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनु भयो ।

उक्त क्याम्पसमा यसरी नेविसंघ र अखिलका बीचमा झडप भएको यो पहिलो घट्ना भने होइन । प्रायः हरेक वर्ष त कहिलेकाहीँ वर्षमा दुई तीन पटक पनि झडप हुने र हप्तौंसम्म क्याम्पस बन्द हुने विगत साक्षी छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width