भानुभक्तमा अभ्यास अदालत प्रतियोगिता

आदर्श समाज सम्वाददाता
माघ २८, २०८०
bhanubhakta

पोखरा । भानुभक्त आवासीय माध्यमिक विद्यालयमा अभ्यास अदालत प्रतियोगिता भएको छ । रानीताल नामक काल्पनिक तालको जलाधार क्षेत्रमा तालमा आउने गेग्रान नियन्त्रण तथा उत्खनन गर्न स्थानीय तहले सार्वजनिक हित प्रतिकुल रानीताल सिल्टेसन प्रालि नामक काल्पनिक कम्पनीसँग गरेको २४ वर्षे सम्झौता उत्प्रेषणको रिटद्वारा खारेज गर्न, कम्पनीले निर्माण गरेको बाँध भत्किँदा भएको क्षतिपूर्ति तथा तालको संरक्षणका लागि आवश्यक कार्य गर्न परमादेशको रिट जारी गर्न माग गरिएको रिट निवेदनलाई प्रतियोगिताको विषयवस्तु बनाइएको थियो ।

प्रतियोगितामा एक समूहमा ३ जना रहने गरी २१ टिम सहभागी थिए । प्रतियोगिताको प्रारम्भिक चरण माघ २४ गते सम्पन्न भएको थियो जसमा उच्च अदालत पोखराका शाखा अधिकृत सुमिना गुरुङ, मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीका सहायक न्यायाधिवक्ता सागर बराल, गण्डकी विश्वविद्यालय अन्तर्गत बिएएलएलबी कार्यक्रमका सहायक प्राध्यापक सविन तिवारी, विद्यालयका कानुन संकाय संयोजक एवं अधिवक्ता प्रदीप अधिकारी, विद्यालयका शिक्षक तथा अधिवक्ता ईश्वर परियार, विद्यालयको क्लिनिकल ल विभागका प्रशिक्षक भानुभक्त लम्साल निर्णायक थिए ।

माघ २७ गते सम्पन्न प्रतियोगिताको अन्तिम चरणमा कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्मा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता गोपाल ढकाल निर्णायकको भूमिकामा थिए । कार्यक्रम पश्चात् सहभागीलाई सुझाव दिँदै न्यायाधीश शर्माले कानुन व्यवसायी सामाजिक इन्जिनियर रहेको भन्दै कानुन व्यवसायी चनाखो नरहे सार्वजनिक सम्पत्ति र सम्पदा दुवै नरहने बताए । यस्तै विषयको उठान गरी सार्वजनिक सम्पत्ति र सम्पदाको संरक्षण गर्नु कानुन व्यवसायीको सामाजिक उत्तरदायित्व रहने उनको भनाइ थियो ।

न्यायाधिवक्ता ढकालले विद्यार्थीको प्रस्तुति उत्कृष्ट रहेको, यस्ता खालका कार्यक्रमले विद्यार्थीलाई कानुन तथा न्यायका क्षेत्रमा आकर्षित गर्ने तथा न्याय क्षेत्रले दक्ष जनशक्ति प्राप्त गर्ने उल्लेख गरे । साथै प्रभावकारी बहसका लागि समय व्यवस्थापन, तथ्यको बोध, उपयुक्त कानुन तथा नजीरको प्रयोग, मौखिक प्रस्तुतिको विशेष महत्व रहने उनको भनाइ थियो ।

प्रतियोगितामा अञ्जना सुवेदी, सुहानी पौडेल र सफलता गौतमको समूह प्रथम भएको छ । समिति बराल, स्वस्तिका क्षेत्री र आयुषा वाग्लेको समूह द्वितीय र सुमित्रा पौडेल, सजना थापामगर र स्वागत भुसालको समूह तृतीय भएको छ ।

प्रतियोगितामै अञ्जना सुवेदीले उत्कृष्ट बहसकर्ता, सफलता गौतमले उत्कृष्ट खोजकर्ता र सुवानी पौडेलले स्प्रिट अफ द मुटको उपाधि हासिल गरेका थिए । कार्यक्रममा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट अंकसहित प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रशंसा पौडेल, समिति बराल, सुमित्रा पौडेल र शान्ति अधिकारीलाई समेत पुरस्कृत गरिएको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल दिनेशकुमार लामिछानेले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । विद्यालयका कानुन संकाय संयोजक प्रदीप अधिकारीले अभ्यास अदालत प्रतियोगिता कानुन अध्ययन गर्ने विद्यार्थीको बहस नोट लेखन, बहसकला, तर्क, विवेचना तथा खोज क्षमताको अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिने एक अतिरिक्त क्रियाकलाप रहेको बताए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width