न्यू मोडल माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
new model

पोखरा । पोखरा ८, नागढुंगास्थित न्यू मोडल माध्यमिक विद्यालयको शनिबार ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक अम्बिकाप्रसाद आचार्यले विद्यालयले नामअनुसार समयसापेक्ष काम गरेको बताए । उनले विद्यार्थीलाई स्वदेशमै बस्न सक्ने सम्भावना छ भनी त्यही जनशक्ति तयार पारेर उत्प्रेरित गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा प्याब्सन कास्कीका उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, शिक्षाविद् प्राज्ञ ऋषि काफ्ले, विद्यालयका निर्देशक भरत गौतम, अभिभावक सुरेश रानाभाट, भूपू विद्यार्थी तुलसी खत्री, विद्यार्थी प्रशंसा शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा विद्यालय प्राचार्य लक्ष्मण पोखरेलले विद्यालयका शैक्षिक प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा जिल्लामै उत्कृष्ट नतिजा दिँदै आएको बताए ।

विद्यालय सञ्चालक समिति अध्यक्ष प्रभा बराल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालय सञ्चालक समिति सदस्य क्षेत्रबहादुर क्षत्री, सञ्चालन सहायक प्राचार्य पदम बस्ताकोटीले गरेका थिए । २०३७ सालमा स्थापित विद्यालयमा हाल नर्सरीदेखि १२ सम्म ७ सय विद्यार्थी पढ्छन् । प्लस टुतर्फ व्यवस्थापन तथा होटल म्यानेज्मेन्टको पढाइ हुने गरेको सहायक प्राचार्य बस्ताकोटीले बताए ।

सो अवसरमा विद्यार्थीले प्रस्तुत गरेको भजनले सबैको ध्यान खिचेको थियो । उनीहरुले शिक्षाको महत्व, देशप्रेमसहित समसामयिक विषयमा खैंजडी, मुजुरा र मादल बजाएर भजन गाएका हुन् । साथै, फेसन सो, लघु नाटक, तेक्वान्दोसमेतले आकर्षित गरेको थियो । विद्यालय परिसरमा दिनभरजसो चलेको समारोहमा विद्यार्थीले सांस्कृतिक कार्यक्रमतर्फ दर्जन बढी नृत्य, गायन प्रस्तुत गरे । कार्यक्रममा विद्यालयले शैक्षिक सत्र–२०७८÷०७९ तर्फ विद्यार्थीलाई विभिन्न पुरस्कार वितरण गरिएको विद्यालयका निर्देशक भरत गौतमले बताए ।

लामो समयसम्म शिक्षण गराउने कृष्ण गुरुङ र शान्ता देवकोटालाई सम्मान गरियो भने उत्कृष्ट शिक्षक केशमाया गुरुङ बनिन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width