शान्ति निकेतनको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
shanti niketan school

पोखरा ।  शान्ति निकेतन स्कुलको १८ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह शनिबार भएको छ ।

समारोहको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले संस्थागत विद्यालयको व्यवस्थापन पक्ष मात्रै निजी हुने उल्लेख गरे । उनले जुनसुकै विद्यालयका विद्यार्थीप्रति राज्यको समान दायित्व रहनुपर्ने औंल्याए । स्थापनाको छोटो समयमा विद्यालयले राम्रो फड्को मारेको जनाउँदै अध्यक्ष डा. शर्माले चाँडै नै व्यवस्थित शिक्षा ऐन आउने विश्वास समेत दिलाए ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले पोखराको शैक्षिक इतिहासमा शान्ति निकेतनको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्दै निजी शैक्षिक संस्थाप्रति राज्यले सौतेनी व्यवहार गरिरहेको धारणा राखे ।

गण्डकी बोडिङ स्कुलका पूर्व प्राचार्य रवि बरालले शिक्षा चेतनाको संवाहक भएको स्पष्ट पार्दै संस्कारयुक्त विद्यार्थी निर्माणमा ध्यान दिनुपर्ने जनाए । प्रधानाध्यापक डा.महेश्वर पराजुलीले संस्कारयुक्त शिक्षा दिने उद्देश्यका साथ विद्यालय स्थापना गरिएको स्मरण गर्दै निजी विद्यालय प्रति राज्य पूर्वाग्राही बन्न नहुने स्पष्ट पारे ।

यस अवसरमा अभिभावक कपिलमणि दाहाल, विद्यार्थी अदिति पराजुली लगायतले पनि धारणा राखे ।

कार्यक्रमका बीच सामाजिक सेवा अन्र्तगत विद्यालयले जेष्ठ नागरिक मिलन केन्द्र पस्र्याङमा ५० हजारको अक्षयकोष स्थापना गरेको छ । त्यस्तै शिक्षक हेम सुवेदी, सुरज अधिकारी, अप्सरा कोइराला, संगीता थापा, शुशीला अधिकारी, सन्तोष मल्ल, रचना पोख्रेल, नारायणी पराजुली दीर्घ सेवा (१० वर्ष बढी) बाट सम्मानित भए ।
त्यसैगरी पूर्व आधारभूततर्फ जमुना भुजेल, आधारभूततर्फ सुनिता कोइराला र माध्यमिकतर्फ भुवानीप्रसाद अधिकारी उत्कृष्ट शिक्षक घोषित हुँदै पुरस्कृत भए ।
विभिन्न प्रस्तुति राखिएको उक्त समारोहका बीच शान्ति निकेतन रत्न पदकबाट एसएलसीमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरियो । त्यस्तै कुशल अभिभावक कलाबारे डा. रविन कटुवालले सहजीकरण गरे ।

विद्यालयका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक यदुविलास भुत्र्यालले स्वागत तथा परीक्षा संयोजक शिक्षक हेम सुवेदीले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • म्याग्दीमा ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रबारको पठनपाठनमा किताबरहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतीय…
  • पोखरा आदर्शको रजत जयन्ती

    आदर्श समाज सम्वाददाता फागुन १४, २०८०
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा रजत जयन्ती समारोह, वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ…
  • कुमुदिनी होम्सको क्विज प्रतियोगितामा न्यु मोडल प्रथम

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । कुमुदिनी होम्स माविले आयोजना गरेको दोस्रो कुमुदिनी अन्तरविद्यालय स्तरीय क्विज प्रतियोगितामा न्यु मोडल सेकन्डरी स्कुल प्रथम भएको छ…
  • हिमालय माविको ५२ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । पोखरा २० स्थित हिमालय मावि मौजाको ५२ औं वार्षिकोत्सव अभिभावक दिवस पुरस्कार वितरण, शिलालेख अनावरण तथा स्वर्ण महोत्सव…
  • सबलाइम माविको २८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोकस्थित सबलाइम अंग्रेजी माविको २८ औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाइएको छ ।…

hero news full width