सुप्रिमलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
sarubhakta

पोखरा । ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिएको छ । कम उमेरमा नै गीतसंगीतको क्षेत्रमा सफलता पाएका उनलाई पोखरामा शनिबार आयोजित समारोहमा शिक्षासेवी जर्ज जोनले ५० हजार रुपैयाँ राशिको पुरस्कार हस्तान्तरण गरे ।

बाजुराको हिमाली गाउँपालिका–६ मा जन्मेका ठकुरी हाल काठमाडौंको महर्षि स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् ।

२०५७ सालदेखि सुरु गरिएको पुरस्कार विविध कारणले २०६९ सालदेखि रोकिएको थियो । ११ वर्षपछि ब्युँतिएको पुरस्कार सरुभक्त केन्द्रले वितरणको जिम्मा लिएको छ ।

कुमुदिनी होम्सले प्रदान गर्ने राष्ट्रिय बालप्रतिभा पुरस्कारले केन्द्रले बाँड्ने भएपछि नाम पनि परिवर्तन गरी राशि वृद्धि गरिएको सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

पुरस्कृत बालकलाकार ठकुरीका लोकगीत, लोकदोहोरी, चलचित्र गीत, आधुनिक गीतलगायत गरी हालसम्म १ सय ९० वटा गीत रेकर्ड भएर सार्वजनिक भइसकेका छन् । उनी ‘भ्वाइस अफ् किड्स’ कार्यक्रमको पहिलो संस्करणमा फस्ट रनर अप भएका थिए । १२ वर्षीय ठकुरी यसअघि ‘रारा राष्ट्रिय म्युजिक अवार्ड’, ‘उत्कृष्ट बालप्रतिभा अवार्ड’, ‘क्विन्स बाल स्वरसम्राट अवार्ड’ लगायत अवार्ड तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

केन्द्रले साहित्य, कला, संगीत, खेलकुद, पर्वतारोहण, विज्ञान तथा प्रविधि, नृत्य, मौलिक आविष्कारलगायत क्षेत्रमा विशिष्ट प्रतिभा देखाउन सफल १६ वर्षमुनिका बालबालिकालाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरेको पुरस्कार छनोट समिति संयोजक सरस्वती प्रतीक्षाले बताइन् ।

कार्यक्रममा साहित्यकार एवं संगीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठले आफ्ना बुबा गणेशबहादुर र आमा लक्ष्मीमायाको स्मृतिमा ११ लाख ५० हजारको अक्षयकोष स्थापना गरी केन्द्रमा उक्त पुरस्कार स्थापना गरेको बताए । उक्त अवसरमा साहित्यकार तीर्थ श्रेष्ठ, उषा शेरचन, हरिदेवी कोइरालाले शुभकामना व्यक्त गरे । केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन केन्द्रका सदस्य उपेन्द्र पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width