ड्यामसाइडमा वडाध्यक्ष कप फुटबल हुने

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
pkr 17 cup

पोखरा । पोखरा १७ मा फागुन पहिलो साता वडाध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० हुने भएको छ ।

ड्यामसाइड क्लब आयोजनामा १ देखि ६ फागुनसम्म अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी गणको खेल मैदानमा हुनेछ । तेस्रो संस्करणको उक्त

प्रतियोगिताबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष प्रताप गुरुङले वडाका सामुदायिक तथा निजी गरी १९ विद्यालयले भाग लिने बताए ।
पोखरा महानगरपालिकाको सहयोग तथा पोखरा वडा १७ को प्रवद्र्धनमा हुने प्रतियोगिता विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रोले १० हजार र सान्त्वना हुने टिमले ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । हरेक खेलको म्यान अफ दि म्याच हुनेलाई ट्रफी प्रदान गरिने भएको छ ।

खेल अवधिभर सर्वोत्कृष्ट खेलाडीसहित विधागत पुरस्कार पनि व्यवस्था रहेको सचिव राकेश श्रेष्ठले बताए । गत वर्ष छोरेपाटन मावि च्याम्पियन बनेको थियो ।
क्लब पूर्व अध्यक्ष पदम ढकालले २०५९ सालदेखि खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हुँदै आएको क्लबले फुटबलको ग्रासरुटबाटै विकास गर्ने उद्देश्यले २ वर्षदेखि प्रतियोगितालाई निरन्तरता दिएको बताए ।

वडा सदस्य विक्रम गुरुङले वडाले खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्दै आएको बताए । ड्यामसाइड क्लबटबौ वसन्त गौचन, विशन गौचन, राजेन्द्र तामाङसहितका ए डिभिजनमा खेल्ने करिब २५ जना खेलाडीहरु उत्पादन गर्न सफल भएको क्लबले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width