गण्डकी मिजार समाजको अध्यक्षमा तेज

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
Mijar samaj

लेखनाथ, २७ माघ । गण्डकी मिजार समाजकोे अध्यक्षमा तेजबहादुर नेपाली चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न छैंटौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले नेपालीलाई अध्यक्षमा चयन गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा मनबहादुर चर्मकार, उपाध्यक्षमा कुल बहादुर नेपाली, सचिबमा मिस्टर नेपाली, सहसचिवमा मिनबहादुर नेपाली, कोषाध्यक्षमा सन्तोषी नेपाली, सह कोषाध्यक्षमा मंगल नेपाली, सदस्यहरुमा रमेश कुमार बोहोरा, मञ्जु बस्याल, पार्वती हरिजन सिके, हरी नेपाली, भीमबहादुर बोहोरा र भविराम बोहोरा छन् ।
यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.२६ का वडाध्यक्ष नरेन्द्र थापाले स्थापनाकालदेखि हालसम्म समाजले विकृति विसंगतिका विरुद्धमा गर्दै आएका विभिन्न सामाजिक कार्यहरुकोे प्रशंसा गर्दै वडा कार्यालय सदैव समन्वय, सहकार्य र हातेमालो गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार बुद्धराज बस्यालले स्थापनाकालदेखि हालसम्म आईपुग्दा उल्लेख्य प्रगती हासिल गर्दै आएको बताउँदै संस्थाको जग्गा खरिददेखि भवन निर्माणको कार्य अगाडी वढाउने अवस्थासम्म साथ सहयोग र हातेमालो गर्ने सबैलाई आभार व्यक्त गरेका थिए ।

यस्तै सल्लाहकार तेजबहादुर बस्यालले संस्था सबैको साझा परिवार भएको र संस्थामा आबद्ध सबैले अग्रसरता लिएर संस्थाका गतिविधिहरुमा साथ दिने आशा राख्दै अग्रजहरुको जस्तै नयाँ पुस्ताहरुले पनि संस्थामा योगदान दिने विश्वास व्यक्त गरे ।

अन्नपूर्ण मिजार समाजका अध्यक्ष चेतबहादुर नेपालीले गण्डकी मिजार समाजले समाजमा अत्यन्तै रचनात्मक र सिर्जनशिल कार्यहरु गर्दै आइरहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा अझै राम्रा कार्यहरु गर्ने आशा व्यक्त गरे ।

उक्त अवसरमा संस्थापक अध्यक्ष पुर्ण बहादुर नेपालीले संस्थाले राम्रा कार्यहरु गरेको र आगामी दिनमा अझै धेरै कार्यहरु गर्न बाँक िरहेको र आपसी एकता र सद्भावको माध्यमबाट संस्था अगाडी वढ्ने वताएका थिए ।

संस्थाका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मन बहादुर चर्माकारले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सदस्य मिस्टर नेपालीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width