पञ्चकोटमा गण्डकीको क्याबिनेट बैठक बस्ने

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
panchakot aa

पोखरा । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको बैठक बागलुङको पञ्चकोटमा बस्ने भएको छ ।

माघ २९ गते सोमबार बाग्लुङको ऐतिहासिक, धार्मिकस्थल पञ्चकोटमा बैठक बस्नेगरी तयारी भएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

प्रदेश भित्रका ऐतिहासिक, धार्मिक, पुराातात्विक, पर्यटकीय स्थलहरुमा मन्त्रिपरिषद बैठक गर्ने अभियान अन्तर्गत पहिलोपटक पञ्चकोटलाई रोजिएको उनको भनाइ थियो ।

उनले भने, ‘पञ्चकोटको पर्यटन प्रर्वद्धनमा मद्धत पुगोस् भन्ने सरकारको अपेक्षा छ ।’ फागुन ९ देखि २३ गते सम्म पञ्चकोटमा ‘अनन्तश्री ब्राह्माण्डीय महायज्ञ २०८०’ हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width