सूर्य दर्शन सहकारी ठगी प्रकरणमा प्रमोद भट्टराई पक्राउ

आदर्श समाज सम्वाददाता
माघ २७, २०८०
pramod bhattarai ~surya darsan sahakari

पोखरा । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना एवं ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहकारीका संचालक समिति सदस्य प्रमोद भट्टराई हुन् । सुनसरीको इनरुवा नगरपालिका वडा ५ घर भएका ३० वर्षीय भट्टराईलाई २ दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय गरी गोकर्णेश्वरबाट पक्राउ गरेकोमा थप अनुसन्धानका लागि पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।

सहकारीका १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दिएकोमा अनुसन्धानका क्रममा प्रहरीले सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये यसअघि ४ जना मात्र पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक सदस्य शिवबहादुर गुरुङ र भविश्वर अर्याल हुन् । उनीहरु कास्की जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका छन् ।

संस्थापक अध्यक्ष जीबी राई, पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर, सचिव धीरजकुमार दास, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ फरार छन् । संस्थापक अध्यक्ष जीबी राई, पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ । उक्त सहकारीका १८ हजार ७ सय बचतकर्ता छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width