लेकसिटी कलेजमा स्पोर्टस मिट

आदर्श समाज सम्वाददाता
माघ २६, २०८०
Lakecity-college

पोखरा । गैरापाटनस्थित लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा अन्तर संकाय खेल्कुद प्रतियोगिता सम्पन्न भएको छ । पहिलो दिन कलेज परिसरभित्रै बास्केटबल र टेबल टेनिसका खेलहरु सम्पन्न भए । दोस्रो दिन फुटसल खेल भएको थियो ।

बास्केटबल खेलमा समावेश ८ टिमबाट बिबिएस प्रथम वर्षको समूहले उपाधि हात पार्न सफल भएको छ । खेलमा बिबिएस (प्रथम वर्ष) ६०–४८ बिएएस डब्लु (दोस्रो वर्ष) को अन्तिम नतिजामा विद्यार्थी साजन गुरुङले सर्वाधिक ३५ व्यक्तिगत स्कोर गर्न सफल भए ।

टेबल टेनिस अन्तर्गत १६ विद्यार्थी समावेशमध्येबाट फाइनल खेलमा बिएएस डब्लु (दोस्रो वर्ष) का सम्राट शाही ठकुरीले बिबिएस ९चौथो वर्ष० का रोशन लिगललाई सोझो तिन सेटमा हराउँदै उपाधि चुम्न सफल भए ।

खेलकुदको दोस्रो दिन फुटसल खेलमा २ संकायबाट ७ टिम तथा शिक्षकतर्फबाट एक टिम गरी ८ टिम समावेश थियो । जसमा बिबिएस (दोस्रो वर्ष) र बिबिएस (प्रथम वर्ष) फाइनलमा आमनेसामने भएका थिए । निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि, सो खेल टाइ ब्रेकरमा ३–१ को स्पष्ट नतिजा निकाल्दै बिबिएस (दोस्रो वर्ष) उपाधि चुम्न सफल भएको छ ।

विद्यार्थीबिच खेलकुदको माध्यमबाट मित्रता, उत्साह र टिम स्पिरिट बढाउने उद्देश्यसहित वार्षिक खेलकुद कार्यक्रम एकेडेमिक क्यालेन्डरमा समावेश गरिएको जानकारी सोही प्रतियोगिताका संयोजक एवं सञ्चालक आमोद कोइरालाले दिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width