विश्वप्रेम सम्मानित, ‘मफलर’ लाई पुरस्कार

आदर्श समाज सम्वाददाता
माघ २६, २०८०
nepali lekhak-001

पोखरा । नेपाली लेखक संघ, कास्कीले स्रष्टा सम्मान र लेखक कृति पुरस्कार–२०७९ शुक्रबार अर्पण गरेको छ । अग्रज साहित्यकार विश्वप्रेम अधिकारीलाई श्रष्टा सम्मान र लेखक कृति पुरस्कार गजलकार प्रदीप रोदनको कृति ‘मफलर’ लाई प्रदान गरिएको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले सम्मान र पुरस्कार अर्पण गरे । मफलरलाई प्रदान गरिएको पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।

अधिकारी स्याङ्जामा रहेर ६ दशकदेखि उनी साहित्य साधनामा तल्लीन छन् । उनी साहित्यिक पत्रिका ‘रजस्थल’ को प्रधानसम्पादक हुन् । यसैगरी गत वर्ष गण्डकी प्रदेशभित्रका लेखकद्वारा प्रकाशित कृतिहरू अध्ययन गरी प्रारम्भिक चरणमा उत्कृष्ट ६ कृति छनोट गरी पुरस्कार छनोट समितिलाई हस्तान्तरण गरेकोमा ‘मफलर’ चयन भएको हो । छनोटमा परेका कृतिमा दिलीप ढकालको उपन्यास ‘छलाङ’, अशोक थापाको कथासंग्रह ‘सन्तापको धून’, प्रदीप रोदनको गजल संग्रह ‘मफलर’, जनार्दन दाहालको लघुकथा संग्रह ‘भुवा’, मिलन समीरको कविता संग्रह ‘प्रिय दुश्मन’ र सुरज उपाध्यायको बालकविता संग्रह ‘साइकल’ थिए ।

ती कृतिमध्ये विषय, शिल्प, संवेदना, नवीनता एवं विविध आधारमा ‘मफलर’ छनोटमा परेको छनोट समिति संयोजक डा. भूमिराज बस्ताकोटीले बताए । पुरस्कार छनोट समितिमा सञ्जीव पौडेल, रीतादेवी कँडेल र पदेनसदस्यमा संस्थाका अध्यक्ष र सचिव थिए ।

सम्मानपछि केन्द्रीय अध्यक्ष श्रेष्ठले ६ दसकदेखि सिर्जना र साहित्यमा क्रियाशील अधिकारीलाई सम्मान गर्दा संस्था नै सम्मानित भएको बताए । उनले भने, ‘गजुरलाई सबैले देख्छन् र प्रतिक्रिया दिन्छन्, तर त्यसलाई अड्याउने जगढुंगा लुकेको हुन्छ, विश्वप्रेम नेपाली साहित्य र प्रजातान्त्रिक आन्दोलनको जग हो ।’ समसामयिक अवस्थालाई टपक्क टिपेर आफ्नै शैलीमा गजलमा ढाल्न सक्ने खुबी भएको व्यक्ति प्रदीप रोदनले नेपाली गजल क्षेत्रलाई जुरुक्कै माथि उठाएको उनको भनाइ थियो ।

सम्मानित व्यक्ति अधिकारीले साहित्यक गतिविधि निकै हुने पोखरामा आएर आफूले सम्मान थाप्न पाउनु गौरवको विषय रहेको बताए । उमेरले ८ दसक कटे पनि साहित्य र रचनामा आफू क्रियाशील रहेको भन्दै यो सम्मानबाट अझै प्रेरणा मिलेको उनको भनाइ थियो ।

गजलकार रोदन पोखराको माटोप्रति आफू कृतज्ञ भएको भनाइ राखे । यो ठाउँमा आएर सम्मानित हुन पाउँदा साहित्यक आँट अझै बढेको प्रतिक्रिया रोदनले दिए । उनले गजलवाचन समेत गरेका थिए । नेपाली लेखक संघ कास्की अध्यक्ष रीता अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली लेखक संघ गण्डकी अध्यक्ष ईश्वरमणि अधिकारी, श्रष्टा तथा पुस्तक छनोट समितिका संयोजक डा. भूमि बस्ताकोटीले भनाइ राखेका थिए ।

विभिन्न विधामा विद्यावारिधि हासिल गरेका डा. श्रीधर न्यौपाने, डा. बोधराज ढकाल, डा. गणेश शर्मालाई उक्त अवसरमा सम्मान गरिएको संस्थाका सचिव प्राञ्जलले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width