पोखरा । तामाङ भाषामा ल्हो को अर्थ वर्ष र छार÷सारको अर्थ नयाँ भन्ने हुन्छ । तामाङमा समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होछार यो पटक माघ २७ गते शनिबार परेको छ । यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वकासाथ ल्होछार मनाउँदै छन् । नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोवास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मुलक चीनसहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि यस दिनलाई हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
यसलाई कास्कीका तामाङ समुदायले पनि विभिन्न कार्यक्रम गरी मनाउँदैछ । तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कुलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् ।
नेपाल तामाङ घेदुङका संघिय उपाध्यक्ष दीपक वाइबा तामाङका अनुसार सोनाम ल्होछार मनाउने तामाङ समूदायमा ‘ल्हो’ अर्थात् वर्षहरु १२ वटा हुन्छन् । यी वर्गका जनावरहरु कुनै न कुनै माध्यमबाट प्रकृतिसँग जोडिएको उनको भनाइ छ । यसैका आधारमा वर्षभर जीवन पद्धति कसरी व्यवस्थापन गर्ने, शुभ अशुभ कसरी छुट्याउने भन्ने विषयमा निधो गरिने उनले सुनाए । ‘तामाङ समुदायले मनाउने ल्होछार छुट्टै खालको महिमा छ । यो परम्पराले तामाङहरु अत्यन्तै पुरानो समुदाय हो भने चिनाउँछ,’ उनले भने, ‘जुन बेला हामी कृषि परम्परामा प्रवेश गरिएको थियो त्यही समयदेखि नै ल्हो परम्परा विकास भएको हामी पाउँछौं ।’ शुभ अशुभ हेरेर वर्षभरिको सांस्कृतिक, सामाजिक, धार्मिक अनुष्ठानहरु सम्पन्न गर्छौं ।’
सोनाम ल्होछारका अवसरमा घर वस्तीहरु सफा गरी वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबैजना एकै ठाउँमा भेला भई नाचगान रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ । सुस्तरी तर वडो मधुररुपमा गाइने यस्ता सेलोहरुमा डाँडापाखा, कन्दरा अनि दैनिक जीवन भोगाइ लगायत माया प्रेमका भावनाहरु पनि समावेश हुन्छ । डम्फु चाँही यस समुदायको प्रमुख बाजा नै हो । डम्फू अनि सेलोको सुमधु मिश्रण मनमोहक हुन्छ । ल्होछारको अवसरमा धेरै कार्यक्रमहरु गरिन्छ ।
विषेशगरी ल्होछारको अघिल्लो दिन देखि नै यसको चहलपहल सुरु भइसक्ने नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष दीपक वाइबा तामाङले जानकारी दिए । अघिल्लो दिन ग्रहदशा काट्ने कार्य हुने उनले सुनाए । ‘ल्होछारको अघिल्लो दिन हामीले ग्रह दशा काट्छौं । वर्षभरिको नराम्रो कुरा अघिल्लो दिन नै समाप्त गर्छौं,’ उनले भने, ‘म्हनीमोलम पनि गर्छौं अनि अन्नबाली, व्यापार व्यावसाय, जागिर पाओस भनेर विधि गर्छौं ।’
मुख्य दिनमा गुम्बा, छोर्तेनमा पूजा गरी नजिकका आफन्तसँग आशीर्वाद लिएर मनाउने प्रचलन छ
ल्होछारको दिनको पितृहरुलाई पुज्ने काम हुने उनले बनाए । ‘हामीले हाम्रो पितृ, हाम्रो भूमिलाई पुज्छौं अनि हाम्रो साङ्गेहरुलाई पुज्छौं,’ उनले भने, ‘त्यसपछि मात्र हाम्रो जिउँदो देवता बाजे बज्यै बाबा आमा मामाहरुलाई पूजा गरेर आशीर्वाद लिन्छौं ।’
तामाङ समुदायले ल्होछारको दिनमा कोको म्हेन्दोे÷ल म्हेन्दोे (टोटलोको फूल) को टिका लगाउने चलन रहेको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए । ‘हामीले कोको म्हेन्दोे (टोटालोको फूल) को टीका लगाउछौं । यो अति नै शुद्ध मानिन्छ किनभने अरु फूल भमरा, पुतली, मौरीले जुठो गरिसकेको हुन्छ । तर, टोटलोको फूल चोखो हुन्छ,’ उनले भने, ‘यो फूललाई नौनी दलेर लगाउँछौं । त्यो सम्भव नभए सेतो टिका लगाउने चलन छ ।’
त्यसपछि मुख्य दिनमा गुम्बा, छोर्तेनमा पूजा गरी नजिकका आफन्तसँग आशीर्वाद लिएर मनाउने प्रचलन रहेको ज्याक तामाङले बताए । ‘विषेश गरी पूजाआजा गरी ढोगभेट गर्दै आशीर्वाद थापेर ल्होछार मनाउँछौं,’ उनले भने, ‘नराम्रो कुरा त्यागेर राम्रो विषयबाट दिनको सुरुआत गछौं ।’
सोनाम ल्होछारलाई तामाङ समुदायले मञ्जुश्री वर्षका रुपमा पनि मनाउने गरिएको उनले बताए । ‘हामीले मनाउने सोनाम ल्होछारलाई हामी मञ्जुश्री वर्षका रुपमा पनि मनाउँछौं,’ ज्याक तामाङले भने, ‘ल्होछार र मन्जुश्री एउटै हो । यसमा कुनै फरक छैन ।’ यो वर्ष मन्जुश्री सम्वत् २८६० लाई स्वागत गरिएको उनले जानकारी दिए । मान्जुश्री भन्नाले डोल्मो तारादेवी अर्थात मन्जुश्री भगवान मानिन्छ ।
कास्कीमा रहेका करिब ५० हजार तामाङ समुदायले परम्परादेखि चल्दै आएको चलनसँगै विविध कार्यक्रम गरेर ल्होछार मनाइरहेको उनले बताए । यो वर्ष पनि चलिआएको विधिबाहेक ल्होछार मनाउने क्रममा नेपाल तामाङ घेदुङ महानगर इकाइले सेलो नृत्य प्रतियोगिता गरिसकेको छ । भने, जिल्ला सोनाम ल्होछार मुल समारोह समिति कास्कीले बिहीबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो ।
त्योभन्दा अघि बैदाम तामाङ सेवा समाजको आयोजनामा ‘मिस तामाङ पोखरा’ कार्यक्रम आयोजना गरिसकिएको समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका बारेमा जानकारी दिनुका साथै तामाङ समुदायका नारीहरुको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएका उनको भनाइ छ । अहिले ११ औं संस्करणको ‘मिस तामाङ पोखरा’ आयोजना गरिएको उनले सुनाए ।
Related News
सम्बन्धित समाचार
बाहिरियो नेपालबाट मनसुन
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
hero news full width
मुख्य समाचार
९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१