पोखरा । कास्की जिल्ला अदालत बार एसोसिएसन अध्यक्षमा भगवती पहारी निर्वाचित भएकी छन् । जिल्ला बारले पहिलो पल्ट महिलाको नेतृत्व पाएको हो ।
शनिबार बारको १६ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनमा अध्यक्षका प्रत्यासी गोविन्द पौडेललाई ३१ मतअन्तरले पराजित गर्दै पहारी आगामी २ वर्षका लागि निर्वाचित भएकी हुन् ।
कुल खसेको ८३ मतमा पहारीले ५३ र पौडेलले २२ मत प्राप्त गरे । पहारी एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए) र पौडेल माओवादीनिकट गणतान्त्रिक पेसागत कानुन व्यवसायी संगठन (आरपिएलए) बाट चुनाव लडेका थिए ।
विगतको अभ्यासमा झैं उच्च र जिल्ला बारमा एमाले र कांग्रेसनिकट कानुन व्यवसायीहरुको चुनावी सहमति भएको थियो । कांग्रेसनिकटको डेमोक्रेटिक लयर्स एसोसिएन (डिएलए) लाई उपाध्यक्ष, सहसचिव र ४ सदस्य दिएर एमालेले पूर्वसहमति गरेको थियो । तर माओवादीनिकट आरपिएलएको असन्तुष्टिका कारण मतदानबाटै कार्यसमिति टुंगो लगाइएकोमा सबै पदमा ऊ पराजित भएको छ ।
चुनावी परिणामअनुसार उपाध्यक्षमा डिएलएकी गीता आचार्य लम्साल निर्विरोध भइन् । सचिवमा पिपिएलएका कृष्णकुमार श्रेष्ठ ५७ मत ल्याएर निर्वाचित हुँदा आरपिएलए वेदनाथ भण्डारीले २७ मत मात्र ल्याए । सहसचिवमा डिएलएकी प्रीति पाण्डे निर्विरोध भइन् ।
कोषाध्यक्षमा पिपिएलकी विनाका शर्मा ४६ मतसहित निर्वाचित हुँदा आरपिएलएका विमलप्रसाद लामिछानेले २६ मत ल्याए ।
सदस्यमा गणेशबहादुर आले, शंकर सैजु, ईश्वर परियार, अनुप पौडेल, शान्तिकुमारी ढुंगाना, पुरुषोत्तम राज घिमिरे, प्रदीपकुमार राना, हेमराज अधिकारी निर्वाचित भएको अधिवक्ता विष्णुप्रसाद अधिकारीले बताए ।
शुक्रबार बिहान ११ देखि ३ बजेसम्म मतदान भएको थियो । जिल्ला बारमा १ सय १ मतदाता थिए । मुक्ति सापकोटा संयोजकत्वको निर्वाचन समितिले चुनाव गराएको हो ।
Related News
सम्बन्धित समाचार
बेनी–जोमसोम सडक अवरुद्ध
निशुल्क कपाल काट्ने तालिम
कंक्रिट संरचनाले घट्दैछ धानखेत
‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’
मापदण्ड मिचेका संरचना हटाउन सुरु
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१